ब्रेकफास्टको कुराकानीदेखि विवाहको मण्डपसम्म, तस्बिरमा परिणीति र राघवको विवाह

मुम्बई - इंगेजमेन्ट गरेको ५ महिनापछि अभिनेत्री परिणीति चोपडाले आम जनता पार्टीका सांसद राघव चढ्ढासँग आइतबार विवाह गरेकी छिन् । दुवैले आइतबार उदयपुरको लीला प्यालेसमा विवाह सम्पन्न गरेका हुन् । सोमबार सामाजिक सञ्जालमा केही तस्बिर राख्दै ब्रेकफास्ट टेबलमा भएको पहिलो कुराकानी लगत्तै आफूहरुलाई यो दिनको प्रतीक्षा रहेको परिणीतिले बताएकी छिन् ।
दुवैको चिनजान पुरानो भए पनि प्रेमकथा भने अलि पछि सुरु भएको बलिउडमा समाचार छ । परिणाीति र राघव दुवैले लन्डन स्कुल अफ इकोनोमिक्सबाट अर्थशास्त्रमा डिग्री लिएका थिए । डिग्री सकेर परिणीति फिल्ममा आइन् भने राघव चार्टड अकाउन्ट हुँदै राजनीतिमा । यही बीचमा दुवै बीच कुराकानी हुन थालेपछि राघव चढ्ढा एक दिन परिणीतिको फिल्मको सेटमा पुगेपछि दुवैबीच मायाप्रीति पक्का भएको समाचारहरुमा उल्लेख गरिएको छ ।
पञ्जाबमा सुटिङ भइरहेको फिल्म ‘चमकिला’को सेटमा साथीको रुपमा भेटेपछि दुवैबीच अफेयर सुरु भएको बताइएको छ । अभिनेत्री बन्नुअघि परिणीतिले यशराज स्टुडियोमा फाइनान्स डिपार्टमेन्टमा काम गर्थिन् तर यही समयमा यशराजकी कास्टिङ निर्देशकको नजर उनीमाथि परेपछि उनले ‘इशकजादे’बाट डेब्यु गरेकी थिइन् ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया