ईःलाई बालेनको प्रश्न : के वार्ता हामीले तपाईंहरूको नेतासँग गर्नुपर्ने ?

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सामाजिक अभियन्ता ईः हरूलाई राजनीतिक स्वार्थ जोडिएर वार्तामा बोलाउँदा पनि नआएको दाबी गरेका छन् । केही समयदेखि खुट्टा सुन्निने गरी राष्ट्रिय सभागृह अगाडि उभिरहेका सामाजिक अभियन्ता ईःहरूलाई वार्तामा बोलाउँदा पनि नआएको मेयर शाहले दाबी गरेका हुन् ।
लोकतान्त्रिक अभ्यासमा सबै कुराको समाधान संवादबाट नै हुनुपर्छ भन्ने बुझे पनि कुनै राजनीतिक स्वार्थ जोडिएर उनीहरू वार्तामा नआएको बालेनले फेसबुकमा लेखेका छन् ।
'बिगत केही दिनदेखि केही अभियानताहरू आन्दोलनमा हुनुहुन्थ्यो , उहाँहरूको कुरा सुन्न उहाँहरू उभिरहेको ठाउँमा म आफै गएर वार्ता गरौँ यहाहरूको कुरा र समस्या सुनौं भन्दा अभियन्ताहरू संवादमा बोलाउँदा आउन खोज्नु भएन' बालेनले फेसबुकमा लेखेका छन् 'लोकतान्त्रिक अभ्यासमा सबै कुरा समाधान संवादबाट नै हुनुपर्छ भन्ने कुरा हामीले बुझेको छौँ, सायद कुनै राजनीतिक स्वार्थ जोडिएर आउन नखोज्नु भएको होला भन्ने हामीले बुझेको छौँ ।
के वार्ता हामीले उहाँहरूको नेतासँग गर्न पर्ने ?'

व्यावसायिक किसानलाई उद्यम गर्न अनुदान

गोसाइँकुण्डमा स्नानगर्ने क्रममा दुईजना तीर्थालु बेपत्ता

मकवानपुरमा ट्रकको ठक्करबाट एकको मृत्यु, एक घाइते

रङ्गशालाको काम नभएपछि १० करोडभन्दा बढी रकम फिर्ता

झौखेलका पाँच खानेपानी उद्योगलाई प्रतिबन्ध

सडक दुर्घटना कम गर्न सडक सङ्केत राख्दै काठमाडौँ महानगर

गण्डकी प्रदेशका पूर्वप्रमुख गुरुङको निधन

प्रतिक्रिया