हरेक कुराको नेतृत्व नेपाली काँग्रेसको वरिपरि घुमेको छ : भण्डारी

काठमाडौँ – नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं सांसद डा.चन्द्र भण्डारीले हरेक कुराको नेतृत्व र निकास नेपाली काँग्रेस वरिपरि घुमेको बताएका छन् । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठकको चौथोँ दिनमा बोल्दै उनले त्यस्तो बताएका हुन् ।
उनले पूर्वसभामुख सुवास नेम्वाङको दुवै छोराहरू विदेश भएर दाहसंस्कार गर्न दुई दिन पर्खनुपरेको कुरा जोड्दै अन्य नेपालीको हालत झन् जटिल रहेको र यो विषय निकै दुःखद भएको समेत बताएका छन् ।
प्रति वर्ष नेपालीहरू गरिबीको रेखामुनि जाँदै गरेको अवस्था दर्साउँदै उनले राजनीतिक, सामाजिक निकास दिने जिम्मेवारी र नेतृत्व काँग्रेसकै हातमा रहेकाे बताए ।
उनले नेपाली काँग्रेसको संगठन चलायमान भएको र यसलाई सकारात्मक रूपमा लिनुपर्ने बताए ।
रामायणमा रावण मार्न राम र विभिषणको भलाकुसारीको प्रसंग जोड्दै उनले कार्यसमितिको बैठक प्रत्यक्ष प्रसारण भएको कुरामा समेत आपत्ति जनाएका छन् ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया