हामी पार्टी कब्जाको होडमा लाग्दा जनताहरू टाढाटाढा हुँदैछन् : केसी

काठमाडौँ– नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले जनताहरू पार्टीबाट टाढाटाढा हुँदै गएको टिप्पणी गरेका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै उनले नेताहरू पार्टी कब्जा गर्ने होडमा लाग्दा नागरिकहरू पार्टीबाट टाढाटाढा भइरहेको बताए ।
पार्टीले नागरिकसँग गरेका बाचा पूरा गर्न नसक्दा जनताहरू आक्रोशित हुँदै विकल्पकाे खोजीमा रहेकाे उनले बताए ।
शैक्षिक क्षेत्रमा गुणस्तरको विकास र तीव्र राजनीतिकरणलाई नियन्त्रण गर्दै शिक्षकहरूको पेसागत सम्मान र सुरक्षाको सुनिश्चितता गर्नुपर्ने उनको भनाइ छ । त्यस्तै, आफूहरूले आर्थिक विकासको कुरा गरे पनि विकासका सञ्चालक र संवाहक युवा शक्ति रोजगारीका लागि हरेक दिन सरदर ३ हजारको दरले विदेशिरहेको उनले उल्लेख गरे ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया