यू-१९ साफः विवादित खेलमा माल्दिभ्सलाई हराउँदै नेपाल सेमिफाइनलमा

काठमाडौँ- आयोजक नेपाल साफ यू-१९ च्याम्पियनसीप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
समूह ‘ए’ अन्तर्गत सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले माल्दिभ्सलाई ४-१ गोलअन्तरले पराजित गर्दै अन्तिम चारको यात्रा सुनिश्चित गरेको हो ।
दुई मध्ये एक खेलमा जित तथा एक खेलमा हार भोगेको नेपाल उपविजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको हो । नेपालले पहिलो खेलमा पाकिस्तानसँग १-० को पराजय भोगेको थियो ।
यता एक खेलमा जित तथा एक खेलमा बराबरीको नतिजा निकालेको पाकिस्तान भने समूह विजेताको रुपमा अघिल्लो चरणमा प्रवेश गर्यो । दुई खेलबाट केवल एक अंक जोडेको माल्दिभ्स भने प्रतियोगिताबाट बाहिरिएको छ ।
समूह ‘बी’ बाट भारत र भुटान सेमिफाइनलमा प्रवेश गरिसकेका छन् । बंगलादेश भने बाहिरिसकेको छ ।
सोमबार माल्दिभ्सविरुद्ध नेपाललाई जित दिलाउन प्रशान्त लक्समले १८ औँ तथा समिर तामाङले ३० औँ मिनेटमा गोल गरे ।
त्यसपछि ३५ औँ मिनेटमा नेपालका सुजन डंगोल र माल्दिभ्सका कप्तान मोहमद इयान हसन रातो कार्ड खाँदै मैदान बाहिरिएका थिए ।
५८ औँ मिनेटमा माल्दिभ्सका एडम लायान राशिदले एक गोल फर्काए । ८८ औँ मिनेटमा निराजन धामीले नेपालका लागि तेस्रो गोल गरे ।
दोस्रो हाफको इन्जुरी समयमा समिर तामाङले नेपालका लागि चौँथो गोल थपे ।
खेलको अन्त्यमा माल्दिभ्सका खेलाडीहरुले रेफ्रीसँग विवाद समेत गरेका थिए ।

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

प्रतिक्रिया