भ्रष्टाचारका सबै फाइल खोल्न सरकारलाई ओलीकाे चुनौती

काठमाडौँ- प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारका सबै फाइल खोल्न सरकारलाई चुनौती दिएका छन् । सोमबार काठमाडौँमा आयोजित पार्टीको वागमती प्रदेश कमिटीको प्रथम अधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले यस्ताे चुनौती दिएका हुन् ।
भ्रष्टाचारका फाइल खोले जेल पर्ने सत्तारूढ दलकै नेताहरू भएको ओलीकाे भनाइ छ । अध्यक्ष ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालले जनताको आवाज संसदमा उठ्न नदिनका लागि संसद् लामो समयसम्म स्थगित गर्न ठाडो आदेश दिएको पनि जिकिर गरे । उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको दृष्टान्त पेस गर्दै विदेश भ्रमणमा जाँदा किन संसद् बैठक स्थगित गर्नुपरेको ? भनि प्रधानमन्त्री दाहाललाई प्रश्न समेत गरे ।
अध्यक्ष ओलीले सरकार निकम्मा भएको भन्दै उसलाई सुझाव दिनुको कुनै अर्थ नरहेको पनि दोहोर्याए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया