नयाँ विधान कार्यान्वयनमा जसपा

काठमाडौँ- जनता समाजवादी पार्टी, (जसपा) नेपाल नयाँ विधान कार्यान्वयनमा लागेको छ । जसपाले केन्द्रीय समितिदेखि स्थानीय समितिसम्मका निष्क्रिय रहेका नेता, कार्यकर्ता छाँटेर विधानले व्यवस्था गरेबमोजिमकोे सङ्ख्यामा सङ्गठनलाई रूपान्तरण गर्दै गइरहेको सो पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
उनका अनुसार जसपाले करिब एक सय ५० को सङ्ख्यामा रहेको कोशी प्रदेश समितिलाई पुनःगठन गरी विधानबमोजिम ५१ सदस्यीय बनाएको र सातै वटा प्रदेशबाट केन्द्रीय सदस्यबारे जानकारी लिने र रिपोर्ट सङ्कलन गर्न थालेको छ ।
जसपाको विधानले एक सय ५१ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था गरेको छ । हाल पार्टीका चार सयको सङ्ख्यामा केन्द्रीय समिति रहेको र केन्द्रीय समितिबाट करिब दुई सय ५० केन्द्रीय सदस्य छाँटिने सो पार्टीले जनाएको छ ।
प्रदेशदेखि स्थानीय समितिले तीन महिने सङ्गठन विस्तार तथा अभिमुखीकरण अभियानको सिलसिलामा पुनःगठन र रूपान्तरण कार्यक्रममार्फत निष्क्रिय नेता कार्यकर्ताहरूलाई छाँट्ने काम गरिरहेका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख बस्नेतले बताए । रासस

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया