प्रधानमन्त्री प्रचण्डद्वारा छोङछिङ एकेडेमी अफ एग्रिकल्चरल साइन्सेन्सको अवलोकन

बेइजिङ- चीनको साताव्यापी औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले मंगलबार छोङछिङ एकेडेमी अफ एग्रिकल्चरल साइन्सेन्सको अवलोकन गरेका छन् । मंगलबार बिहान छोङछिङ पुगेका प्रधानमन्त्री प्रचण्डले एकेडेमी अफ एग्रिकल्चरल साइन्सेन्सको अवलोकन गरेका हुन् ।
छोङछिङमा प्रधानमन्त्री प्रचण्डलाई छोङछिङ महानगरका उपप्रमुख डाङ यानजेङ र चाङ गउजीले छोङछिङ विमानस्थलमा स्वागत गरे ।
सोही क्रममा प्रधानमन्त्री प्रचण्डसँग चिनियाँ कम्युनिष्ट पार्टी सिपिसीको केन्द्रीय समितिको राजनीतिक ब्यूरो सदस्य एवं सो पार्टीको छिङछोङ महानगरपालिका सचिव युआन चियाचुनले छोङछिङ शहरमा भेटवार्ता गरेका छन् ।
गत शुक्रबार न्यूयोर्कबाट साता व्यापी भ्रमणका लागि चीन पुगेका प्रधानमन्त्री प्रचण्ड चीनमा भइरहेको १९ औं एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी भए भने उच्चस्तरीय राजनीतिक भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री ओली र स्तोनियाका राष्ट्रपतिबीच भेटवार्ता

विश्व समुदायलाई परराष्ट्रमन्त्रीको आह्वान : जलवायुजन्य जोखिम घटाउन बलियो सहकार्य…

दक्षिण अफ्रिकाका नवनियुक्त राजदूतलाई मानार्थ वाणिज्यदूत श्रेष्ठद्वारा स्वागत

नेपाल प्राकृतिक रुपमा सुन्दर र सम्पन्न छः राजदूत अन्सारी

सान फ्रान्सिस्कोमा नेपाली कन्सुलेट कार्यालय स्थापनाको निर्णय स्वागतयोग्य : आनन्द व…

गैरआवासीय राजदूत नियुक्त

नेपालका लागि व्रिटिसका राजदूत रोब फेनबाट सिप मेलाको अवलोकन

प्रतिक्रिया