जागिर लगाइदिने प्रलोभन देखाई जबरजस्ती करणी, सुनकोशीका वडाध्यक्ष पक्राउ

ओखलढुंगा- महिलालाई जबरजस्ती करणी गरेको आरोपमा सुनकोशी गाउापालिका–१० का वडाध्यक्ष छविरमण धमला पक्राउ परेका छन् ।
२५ वर्षीया महिलाले धमलाले जागिर लगाइदिने प्रलोभन देखाई होटलको कोठामा बोलाएर जबरजस्ती करणी गरेको उजुरीपछि पक्राउ गरिएको प्रहरीको भनाइ छ ।
आफूलाई जबरजस्ती करणी गरेको भन्दै ती महिलाले चार दिनअघि (असोज ५ गते) जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्खास्त दिएकी थिइन् ।
धमलाको नाममा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएकोमा उनलाई सिद्धिचरण नगरपालिका क्षेत्रबाट मंगलबार पक्राउ गरिएको प्रहरीको भनाइ छ ।
प्रहरीले पक्राउ गरी जिल्ला अदालतबाट निजलाई हिरासतमा राखी अनुसन्धान गर्नु भनी दिन ७ (सात) म्याद थप भएकाले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

भृकुटीमण्डपमा रैथाने खाना

मन्दिरको गेट निर्माणका क्रममा एकको मृत्यु
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_5ydI7NqXlV_0gvfdnmyyrkxtjfjmmkw741bdkdtdsiwlszpiwy6y3qybh3tk7e1yydfho75_1fljoYQA8q_tbxkmqjdz4r98vvtjinuzimg4deyeql02jdtbziqhscn5qywzae3o5ipavul.jpg)
बुटवलमा महिलामाथि गोली प्रहार

पूजाको हत्यामा संलग्न दोषीलाई कारबाही गर्न माग

प्रि–मनसुन अवधिमा ४१ जनाको मृत्यु, २५७ घाइते

सञ्चारिकाको अध्यक्षमा पन्थी

दाल धेरै भयो ? पराठा बनाउने कि

प्रतिक्रिया