शुक्रबार ०२ साउन, २०८२
Friday, July 18, 2025

डा. दास 'दिव्य शताब्दी पुरूष' बाट सम्मानित

काठमाडौँ-  वरिष्ठ चिकित्सक, समाजसेवी तथा प्रशासनिक क्षेत्रमा लामो समयसम्म योगदान पुर्‍याएका डा. गौरीशंकरलाल दासलाई नागरिकस्तरबाट ‘दिव्य शताब्दी पुरुष’ उपाधिबाट सम्मानित भएका छन् । मंगलबार राष्ट्रिय सभागृहमा डा. दास जन्म शताब्दी वर्ष तथा सय वर्ष पुगेको अवसरमा नागरिक स्तरबाट र काठमाडौं महानगरले एकसाथ सम्मान गरेको हो ।

उनी आज असोज ९ गते सय वर्षमा प्रवेश गरेका हुन्  । दास सिरहाको इनर्वामा वि. स १९८१  जन्मिएका हुन् । बुबा जनार्दन लाल दास र आमा भवानी दास हुन् । श्रीमती गंगादेवी दासको मृत्यु २०५४ मा मृत्यु भएको  हो।  श्रीमतीको मृत्यु भएपछि उनी विभिन्न सामाजिक संघ संस्थामा लागेर काम गरेका थिए । उनी २००९ सालदेखि चिकित्सा पेशामा संलग्न भएका थिए।

‘डा.गौरीशंकर लाल दास जन्मशताब्दी वर्ष’ ४०१ सदस्यीय मूल समारोह समिति गठन गरिएको जानकारी गरिएको थियो । दासलाई कार्यवाहक प्रधानमन्त्री पुर्णबहादुर खडकाले प्रमाणपत्र र दोसल्ला अोढाएर सम्मानित गरेका थिए । ‘दिव्य शताब्दी पुरुष’ घोषणाको समर्थन गर्दै प्रमुख अतिथि कावा प्रधानमन्त्री खड्काले डा. गौरीशंकर लाल दासको सामाजिक योगदानको चर्चा जति नै गरे पनि कम हुने बताए। राज्यले गर्नुपर्ने व्यक्तिलाई सम्मान गरेको उनको भनाइ छ । 'आफैँमा प्रभावशाली छ । सादा जीवन, उच्च विचार राख्नुहुने डाक्टर साहेब हरेकका लागि प्रेरक व्यक्ति हुनुहुन्छ, ' उनले भने ।

सम्मानित भएपछि डा. दासले आजको क्षण अविस्मरणीय रहेको बताए । ग्रामीण परिवेशको मानिसले यहाँका मानिसको माया पाउँनु गर्वको कुरा रहेको बताए । कुनै पनि सफल व्यक्तिको हातपछाडि धेरै मानिसको हात हुन्छ,' दासले भने,' मेरो श्रीमती र बाबाआमाको ठूलो योगदान छ । मेरो श्रीमतीकै साथले आजसम्म रहन सकेको छु । '

सांसद गगन कुमार थापाले राज्यस्तरबाट पनि ‘दिव्य शताब्दी पुरुष’ को दिव्य शताब्दी पुरुषबाट घोषित डा. लाल दासलाई राज्यस्तरबाट सधैं सहयोग गरिनुपर्ने बताए  । पूर्व उपराष्ट्रपति परमानन्द झाले डा. लाल दासलाई राज्यस्तरबाट पनि दिव्य शताब्दी पुरुष घोषणा गरिएको खुसी व्यक्त गरे । जन्मशताब्दी मूल समारोह समितिका संयोजक तथा पूर्व अर्थमन्त्री शंकरप्रसाद कोइरालाले समितिले वर्षभरि विभिन्न कार्यक्रमहरूको आयोजना गर्दै जन्मशताब्दी वर्ष मनाइने बताए । 'हामीले राज्यलाई योगदान पुर्याएका व्यक्तिलाई सम्मान गर्नेछौ,' उनले भने। 

कार्यक्रममा समारोह समितिका सदस्य तथा काठमाडौं महानगरपालिका वडा. नम्बर ७ का वडा अध्यक्ष विमलकुमार होडाले पहिले गाउँ भनिए पनि चावहिल क्षेत्रमा दिग्गज व्यक्तित्वहरूको बसोबास रहेको बताए। उनले आफ्नै आँगनमा सिद्धहस्त चिकित्सकको जन्मशताब्दी वर्ष मनाउन पाउँदा हर्षित भएको उल्लेख गर्दै डा. लाल दासको जीवनका केही महत्त्वपूर्ण पक्षबारे जानकारी दिएका थिए  ।