बालकको कथालाई बुकर प्राइज

काठमाडौँ — बुकर पुरस्कार कसले पाउला त भन्ने जिज्ञासा अब मेटिएको छ । यसपालि यो पुरस्कार स्कटिस–अमेरिकी लेखक डग्लस स्टुवार्टले जितेका छन् । स्टुवार्टको अनुभवमा आधारित पहिलो उपन्यास ‘सगी बेन’लाई यस वर्षको प्रतिष्ठित बुकर पुरस्कार दिइएको छ ।
यस वर्ष बुकर पुरस्कारको प्रतिस्पर्धामा डायन कुकको ‘द न्यु वाइल्डरनेस’, अवनी दोषीको ‘बन्र्ट सुगर’, ब्रान्डन टेलरको ‘रियल लाइफ’, माजा मेंगित्सेको ‘द स्याडो किङ’, र सित्सी डांगारेम्बाको ‘दिस मोर्नेबल बडी’ थिए । यस वर्षको जुरीमा ली चाइल्ड, लेम सिसे, मार्गरेट बस्बी, समीर रहिम र इमिली विल्सन थिए । जुरी टिमकी प्रमुख मार्गरेट बस्बीले निर्णायक मण्डलले सर्वसम्मतले स्टुवार्टको उपन्यासलाई विजेताका रूपमा छनोट गरेको हो ।
स्टुवार्टले मेडलका साथै ५० हजार पाउन्ड (करिब दुई करोड रुपैयाँ) पाउनेछन् । उपन्यासमा स्टुवार्टले सन् १९८० को दशमा ग्लास्गोमा गरिबीसँग लडिरहेकी एउटी आमालाई सघाउने सानो बालकको कथा समेटिएको छ । ४४ वर्षीय उपन्यासकार स्टुवार्टले आफूले पाएको पुरस्कार आफ्नी आमाप्रति समर्पण गरेका छन् । उनी १६ वर्षको हुँदा अत्यधिक मद्यपानका कारण उनकी आमाको निधन भएको थियो । स्कटल्यान्डको ग्लास्गोमा हुर्किएका स्टुवार्ट अहिले न्युयोर्कमा बस्दै आएका छन् ।

‘महाभोज’का दुई नयाँ पोस्टर रिलिज, मङ्गलवार टिजर आउने

जब मध्यरातसम्म नवाजको र्यापमा झुम्यो एलओडी...

रणवीरको ‘रामायण’ पहिलो भागको सकियो सुटिङ

आमिर खानको ‘सितारा जमीं पर’ मा छन् १० प्रमुख कलाकार

मोहनलालको फिल्म ओटिटीमा आउँदै

बबी देओलको फिल्मको रिलिज मिति १३ पटक परिवर्तन, तर अझै रिलिजको छाँटकाट छैन्

बबी देओलले किने २.९५ करोड भारूको नयाँ लग्जरी कार

प्रतिक्रिया