बगंलादेशले गर्दैछ पानको पातबाट अर्बौ आम्दानी

ढाका : प्रतिबन्धका कारण बंगलादेशले झन्डै सात वर्षदेखि यूरोपियन युनियन (ईयू) का सदस्य मुलुकहरूमा पानको पातको निर्यात गर्ने अवसर गुमाएको थियो । तर हालै यूरोपियन युनियनले उक्त प्रतिबन्ध हटाएपछि बंगलादेशले एक मेट्रिक टन कार्गाे पहिलो खेप गत बुधबार बेलायत पठाएर पानको पातको निर्यात सुचारु गरेको छ। बंगलादेशले पानको पातको निर्यात बाट नै बार्षिक ५ कराेड डलर आम्दानी गर्ने लक्ष्य लिएको बताइएकाे छ ।
फेब्रुअरी २०१४ मा, ईयूले पानको पातमा हानिकारक साल्मोनेला ब्याक्टेरिया भेटिएको कारण बंगलादेशबाट पानको पातको निर्यातमा जून ३०, २०१५ सम्म प्रतिबन्ध लगाएकाे थियाे । ईयूले साल्मोनेलारहित पानको पातको आपूर्ति र सम्बन्धित स्वास्थ्य प्रमाणपत्रहरू उपलब्ध गराउने र उत्पादनदेखि निर्यातसम्म कृषिजन्य वस्तुको उत्पादनका असल व्यवहार (गुड एग्रीकलचरल प्राक्टिसेज) अनुसरण गर्ने, सरसफाइ र उत्पादन प्रक्रिया अनुसरण एवं अनुगमन गर्ने सहितका सर्तहरू प्रतिपादीत गरेकाे थियाे।
प्रतिबन्धको कारण बंगलादेशले ईयूका २९ देशहरूमा पानको पात निर्यात गर्ने अवसर गुमाएको थियो। बंगलादेशले सर्तहरू पूरा गर्न नसकेकोले उक्त प्रतिबन्ध क्रमश २०२० सम्म विस्तार भयो । बंगलादेशले अघिल्ला सर्तहरू पुरा गरेको पुष्टि हुने कागजातहरू पठाएको आधारमा इयु ले मे १५, २०२१ मा प्रतिबन्ध फिर्ता लिएको थियो । साथै, नयाँ सर्त अनुसार यदि कुनै पनि विसंगतिहरू पत्ता लागेमा प्रतिबन्ध पुनः लागू हुने र ५० प्रतिशत पानका पातहरू साल्मोनेला रहित छन भनेर परीक्षण हुने र हरेक ढुवानीको अन्तर्राष्ट्रियस्तरको प्रायोगशालाबाट परीक्षण गराई स्वास्थ्य प्रमाणपत्र उपलब्ध गरउन पर्ने उल्लेख छ ।
प्रतिबन्ध पूर्व, बंगलादेशले पानको पातको निर्यातबाट मात्रै आर्थिक वर्ष २०१३/०१४ मा ३ कराेड डलर आम्दानी गरेको थियो । पछिल्लो समयमा घटेर आर्थिक वर्ष २०१९/०२० मा २४ लाख डलरमा सिमित हुन गयो। प्रतिबन्धपछि बंगलादेशले नीतिगत निर्णयहरू गर्दै सुरक्षित पानको पात उत्पादन र निर्यात गर्ने उदेश्यले विभिन्न उपुक्त जमिन को छनौट, अकरार खेती, अनुमगन, स्रोतको पहिचान, कृषकहरूलाई तालिम, पानको पातको नियमित परीक्षण जस्ता सुधारात्मक कदमहरू अपनाएकाे थियाे ।
यिनै नीतिगत सुधारात्माक प्रयासका नतिजा स्वरूप, सात वर्ष नपुग्दै बंगलादेशले प्रतिवर्ष कम्तीमा ५ करोड डलरको निर्यात आम्दानीको लक्ष्य सहित ईयूका देशहरूमा पानको पातको निर्यात पुनः सुरु गरिसकेको छ। यस्ता तुलनात्मक लाभका वस्तुकाे निर्यात नेपालका लागि समेत पाठ हुनसक्ने विज्ञहरुले बताएका छन् ।

गाजामा युद्धविराम गर्न इजरायल सहमत : राष्ट्रपति ट्रम्प

जापानमा दुई सातामा ९०० बढी भूकम्पको झट्का

युरोपेली सुरक्षामा आँच नपुर्याउन चीनलाई इयूको आग्रह

बङ्गलादेशका पूर्व प्रधानमन्त्री हसिनालाई छ महिनाको जेल सजाय

सोमालियाको राजधानी मोगादिशुमा अफ्रिकी संघको हेलिकोप्टर दुर्घटना, तीन जनाको …
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_Pp1UWUHp9U_9df5ueyzihcrdrykhrszylgselmuegphxckc4dyt1424wwp8t35yjxu4vkk9_mNQ9CKRDgt_xjlgsxmpal86vqt0dmztqp35uoj93oturukbebne9kosljnsr0cs1kyxpol8_Xca4VmpEcG_nizepg9aeteh651vt7dbsfgcta2hwelepdp9wbf0xudeikafumorczl1yfs0_rwApgRVbul_gjqdq0kexm0ea5hks1ma6b0g3f8vtdmxjf6c4rbbta5wgjmorjupfvdtni6e.jpg)
पाकिस्तानमा भारी वर्षा र बाढीका कारण ६४ जनाको मृत्यु

धेरैजसो विश्व सम्पदा स्थलहरू खडेरी वा बाढीको जोखिममा : संयुक्त राष्ट्रसंघ

प्रतिक्रिया