आतंक मच्चाउने पाटे बाघ मृत फेला

बुटवल- बाँके राष्ट्रिय निकुञ्जको नजिकै रहेका बाँकेको राप्तीसोनारी गाउँपालिकाका केही बस्तीमा केही दिनदेखि आतंक मच्चाउँदै आएको पाटे बाघ मृत अवस्थामा भेटिएको छ ।
विगत एक हप्तादेखि राप्तीसोनारी –२ मदुईका स्थानीय बासिन्दाका घरपालुवा पशुमाथि दैनिक जसो आक्रमण गरी मारेर खाइदिने तथा घाइते बनाएर छाड्ने गरेको पाटे बाघ मङ्गलबार मृत अवस्थामा फेला परेको समसेर गञ्ज सब डिभिजन वन कार्यालय प्रमुख सहायक वन अधिकृत सुशील सुवेदीले जानकारी दिए ।
सहायक वन अधिकृत सुवेदीका अनुसार राप्तीसोनारी २ मदुईस्थित अशोक सामुदायिक वन उपभोक्ता समूहले व्यवस्थापन गरेको सामुदायिक वन क्षेत्रको घाट गद्दी स्थानमा भाले वयस्क बाघ मृत अवस्थामा फेला परेको हो ।
डिभिजन वन कार्यालय बाँकेका अनुसन्धान अधिकृत रमेश बुढाथोकीले मृत अवस्थामा फेला परेको पाटे बाघ डिभिजन वन कार्यालयमा ल्याइएको बताए ।

ऋण खोजेर थेरापी सेन्टरका कर्मचारीलाई तलब

ट्राफिक प्रहरीद्वारा तीन करोड राजस्व संकलन
_tWz1QGOaWs_fucyit9ouu2bowec4iawwnfi7eqzo6fvyzubfpbxaiztnfrsyuviykc07tnh_mJETgvyygj_ajt0l1bzvgcr5mhqc7hshwiedsp7paejihnlrx1ak375blishhvm8dhjdyb5.jpg)
होमस्टेलाई प्रोत्साहन गर्दै स्थानीय सरकार

तीन लाख घुससहित वडाध्यक्ष पक्राउ

जैविक विविधताकाले महत्त्वपूर्ण कान्ति ताल ‘बर्च वाचिङ’का रूपमा विकास गर्न सकिने

सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकियो

जगदम्बा स्टिलमा विस्फोट हुँदा एक घाइते

प्रतिक्रिया