सोमबार २६ जेठ, २०८२
Monday, June 09, 2025

साफ यू-१९: भुटानलाई हराउँदै पाकिस्तान फाइनलमा

काठमाडौँ- पाकिस्तानले नेपालमा जारी साफ यू-१९ च्याम्पियनसीप फुटबलको फाइनलमा स्थानमा बनाएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पहिलो सेमिफाइनल खेलमा भुटानलाई पराजित गर्दै पाकिस्तान फाइनलमा प्रवेश गरेको हो ।

पाकिस्तानले भुटानलाई पेनाल्टी सुटआउटमा ६-५ ले पराजित गर्‍यो । निर्धारित समयमा दुवै टोलीले गोलरहित बराबरी खेलेपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।