उच्च पदस्थ व्यक्तिहरुले विदेश भ्रमण गर्दा साधारण खर्च बढ्योः योगेश भट्टराई

काठमाडौँ - नेकपा(एमाले)का सांसद योगेशकुमार भट्टराईले सरकारका उच्च पदस्थ व्यक्तिहरु अनावश्यक ठाउँमा पनि विदेश भ्रमणमा जानाले साधारण खर्च बढिरहेको बताएका छन् ।
बुधवार सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद भट्टराईले पछिल्लो ६ महिनामा हरेक दिन कोही न कोही सरकारका मन्त्रीहरु विदेश भ्रमणमा रहेका बताए । उनले कोभिड १९ अगाडीको समयमा भन्दा बढी अहिले सरकारका प्रधानमन्त्री, मन्त्री तथा कर्मचारीहरुको भ्रमण भइरहेको बताए । शाखा अधिकृत जाँदा पनि हुने कार्यक्रममा समेत मन्त्री विदेश जाने भन्दै उनले यसले साधारण खर्च बढिरहेको बताए । यसरी भ्रमण गर्नु फजुल खर्च गर्नु मात्रै भएको उनले बताए । सांसद भट्टराईले पछिल्लो ६ महिना, वर्ष दिनमा भ्रमण गएकाहरुको विवरण र औचित्यको सम्बन्धमा समितिमा छलफल गर्नुपर्ने माग गरे ।
उनले भने, ‘सन् २०१७÷१८ को भन्दा बढी विदेश भ्रमणहरु भइराखेको छ यो ५÷६ महिनामा । जम्बो, जम्बो टोलीहरु चाहे त्यो प्रधानमन्त्रीको टोली होस् अथवा मन्त्रीहरुको टोली होस् । हरेक दिन कुनै न कुनै मन्त्री विदेशमा छ । हरेक दिन कुनै न कुनै सचिव विदेशमा छ । हरेक दिन कार्यालयको कुनै न कुनै मान्छे विदेशमा छ । यहाँसम्म छ कि शाखा अधिकृत अथवा उपसचिव, सहसचिवले सहभागिता जनाउन मिल्ने कतिपय कार्यक्रमहरुमा स्वयं मन्त्रीहरु उपस्थित हुने, सचिवहरु जाने ३ दिनको कार्याक्रमलाई ७÷१० दिनको भ्रमण अवधि बनाउने अनि विदेशमा गएर आफ्नो आफन्त भेट्ने । साइडलाइन काम गर्ने । यसले गर्दा हाम्रो अत्याधिक रुपमा साधारण खर्च बढिराखेको छ । र फजुल कुरा हो । यसमा यसपटक परराष्ट्र मन्त्रालय र अर्थ मन्त्रालयलाई बोलाएर पछिल्लो ५÷६ महिनाको विदेश भ्रमणको स्थिति के छ ? औचित्य के थियो ? हेर्नुपर्छ ।’
सांसद भट्टराईले राष्ट्रिय गौरवका आयोजनाहरुले समयमै कार्य सम्पादन गर्न नसकेका भन्दै यसतर्फ समितिले गम्भिर रुपमा चासो लिनुपर्ने बताए । उनले आजका दिनसम्म सुन तस्करी छानबिन सम्बन्धी आयोगले गर्ने कार्यादेशमा समेत सहमति जुट्न नसकेको भन्दै सरकार छानबिन गर्नबाट पछि हट्दै गएको बताए । उनले आन्दोलनरत राहत शिक्षकहरुको माग सम्बोधन गरेर उनीहरुलाई तुरुन्त कक्षाकोठासम्म पु¥याउनुपर्ने बताए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया