साफ यू-१९: भारतसँग सेमिफाइनलमै हार्यो नेपाल

काठमाडौँ- यू–१९ साफ च्याम्पियनसिपको सेमिफाइनलमै भारतसँग नेपाल पराजित भएको छ । दशरथ रंगशालामा भएको दोस्रो सेमिफाइनलमा नेपालले पेनाल्टी सुटआउटमा भारतसँग हारेको हो । नेपाललाई पेनाल्टी सुटआउटमा ३–२ गोल अन्तरले पराजित गर्दै भारत प्रतियोगिताको फाइनलमा प्रवेश गर्यो । भारतले उपाधिकालागि पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।
निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । यसअघि भारतले २६ औं मिनेटमा शाहिल खुर्सिदको गोलबाट खेलमा अग्रता लिएको थियो । पहिलो हाफमा भारत १–० ले अघि बढेको थियो । खेलको ७४ औं मिनेटमा समिर तामाङले गोल गर्दै नेपाललाई खेलमा फर्काएका थिए । तर पेनाल्टी सुटआउटमा नेपालका तीन खेलाडी चुक्यो । पहिलो सेमिफाइनलमा भुटानलाई सडनडेथमा हराउँदै पाकिस्तान फाइनल प्रवेश गरेको थियो ।

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

प्रतिक्रिया