न्यायाधीश श्रेष्ठको विषयमा इजलासमा उठ्यो प्रश्न

काठमाडौँ : संवैधानिक इजलासका न्यायाधीशमाथि प्रश्न उठेको छ। रिट निवेदक तर्फका कानुन व्यवसायीले न्यायाधीशमाथि प्रश्न उठाएका हुन । अधिवक्ता गोविन्द बन्दीले संवैधानिक इजलास रहेका न्यायाधीश बमकुमार श्रेष्ठको विषयमा प्रश्न उठाए। प्रतिनिधि सभा विघटनविरुद्धको रिटको सुनुवाइका क्रममा अधिवक्ता बन्दीले श्रेष्ठको इजलासले तत्कालीन नेकपा दुई टुक्रा पारेको भन्दै फेरि उनी नै संवैधानिक इजलासमा हुँदा के हुन्छ भन्दै प्रश्न गरेका थिए ।
'श्रेष्ठको बेन्चले नेकपालाई दिई टुक्रा परेको थियो,' उनले भने, 'उहाँ यो इजलासमा हुँदा के होला ?' उनलाई प्रधानन्याधीश चोलेन्द्र शम्शेर राणाले आरोप्र-प्रत्यारोतिर नलाग्न आग्रह गरे । 'आज तपाइँले एउटा आरोप लागाउनु भयो, उहाँले फेरि अर्को लगाउनुहोला। यसो नगरौं,' प्रधानन्याधीश राणाले भने ।
त्यस्तै महान्यायाधिवक्ता रमेश बडालले सभामुखलाई कानुनी परामर्श दिने र यहाँ आएर उहाँसँग सम्बन्धित मुद्दामा बहस गर्न पनि आचारसंहिताले नदिने तर्क गरे ।विघटनविरूद्ध परेको रिटको आजको सुनुवाइ सकिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहित पाँच जनाको संवैधानिक इजलासले आइतबारका लागि सुनुवाइ सारेको हो ।

मध्यरातमा सर्वोच्चको फैसला : संवैधानिक आयोगका ५२ पदाधिकारीविरुद्ध परेको रिट …

६० किलो सुन तस्करी प्रकरण : अमला रोकालाई धरौटीमा छाड्न आदेश

उच्च अदालतका लागि ४ न्यायाधीश सिफारिस

न्यायाधीशलाई मोसो दल्नु न्यायपालिकामाथि आक्रमण : न्यायाधीश समाज

राजावादीको तीनकुने घटना : दुर्गासहित ७ जना थुनामा, ३२ जना धरौटीमा रिहा (…

सर्वोच्चले ५२ संवैधानिक पदाधिकारीविरुद्धको निर्णय असार १८ गते सुनाउने
आयोगले एकैसाथ तीन मुद्दा दायर गर्यो

प्रतिक्रिया