गुर्भाकोटमा भेरी करिडोर सिचाईं तथा नदी व्यवस्थापन कार्यालय स्थापना

सुर्खेत । सुर्खेतको गुर्भाकोट नगरपालिका स्थित बोटेचौरमा भेरी कोरिडोर सिंचाई तथा नदी व्यवस्थापन आयोजना कार्यालयको स्थापना गरिएको छ । कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पुर्ण बहादुर खड्काले आज एक कार्यक्रमकाबीच उक्त कार्यालयको उद्घाटन गरेका हुन् ।
कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै खड्काले मुलुकको विकासका लागि प्रधानमन्त्रीको चिन भ्रमण सफल भएको बताए । उनले वर्तमान सरकारले कर्णालीलाई प्रथामिकतामा राखेर काम गरेको प्रष्ट पारे ।सरकारले सुशासनको नयाँ योजना ल्याउने तयारीमा रहेको जानकारी दिए । उनले भेरी कोरिडोर आयोजनामा प्रदेश सरकार स्थानीय सरकार सबैको भूमिका रहेको बताए । नेता खड्काले एकताबद्ध भएर कर्णालीको विकास गर्नु अपरिहार्यता रहेको औल्याए ।
उनले अर्थतन्त्रलाई चलायमान बनाउन विभिन्न कार्यक्रमहरु सरकारले सञ्चालन गरिरहेको बताउँदै वर्तमान सरकारले विगतको तुलनामा नयाँ आयोजनामा पर्याप्त बजेट विनियोजन गरेको बताए ।
कार्यक्रममा कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंह, आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण जिसि, जलस्रोत तथा उर्जा विकास मन्त्री उर्मिला विश्वकर्मा, सुर्खेतका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटा, कर्णाली प्रदेश प्रहरी कार्यालका प्रमुख डिआजी भिम प्रसाद शर्मा, लगाएको उपस्थित रहेको थियो ।

प्रधानाध्यापक शाही मृत भेटिए
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_SGo7TTrF9Y_khmmtiki56ymfoechxxr7qiapiieupba99i5l677w8rcwgn6cxwxiy6jtlan.jpg)
सशस्त्रको भोजमा गोली पड्किँदा सुरक्षा निकायको जवाफ- गोली र पटकाको आवाज पनि न…

कर्णालीमा पाँच हजारभन्दा बढी उद्योग खारेजी

बाढीले भेडीगोठका २६ बाख्रा पुरिए

जुम्लाको तातोपानीमा लिफ्ट सिँचाइ आयोजना निर्माण

‘स्काभेटर’ दुर्घटनामा दुई जनाको मृत्यु

गाउँपालिकाका उपाध्यक्षद्वारा मदिरा सेवन गरेर कार्यालय तोडफोड

प्रतिक्रिया