मानवताको सन्देश दिने अर्जुन र दुर्गाको ‘मनको धनी’

काठमाडौँ - अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको नयाँ गीत ‘मनको धनी’ सार्वजनिक भएको छ । धनभन्दा माया ठूलो भन्ने सन्देश दिने गीतमा दुर्गा खरेल, सैराज खाती र अनुजा कडरियाको स्वर रहेको छ । गीतमाथि बनेको भिडियोमा जात र धर्मभन्दा मानवता ठूलो भन्ने विषयलाई प्रस्तुत गरिएको छ ।
भौतिक सम्पन्नताभन्दा मनको सम्पन्नताको वकालत गर्ने गीतको भिडियोमा उमर खान, मेलिना पन्त, अभिलाषा सापकोटा र राजेन्द्र आचार्यको अभिनय रहेको छ । गीतको छायांकन नवराज उप्रेतीले गरेका हुन् भने सम्पादन विकास दाहालको रहेको छ ।
अर्जुन पोखरेल स्वयंले निर्देशन गरेको भिडियोले जात र धर्मभन्दा मानवता ठूलो भन्ने विषयलाई पनि सुन्दर शैलीमा प्रस्तुत गरेको छ । गीत डिभाइन म्युजिकको युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको हो ।चलचित्रमा संगीतमा सर्वाधिक रुचाइने रुचाइएका संगीतकार अर्जुन पोखरेलका सुगम संगीतले पनि उत्तिकै माया पाउने गरेका छन् ।

संगीत पारखीका लागि 'जुनकिरी'

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

प्रतिक्रिया