संघीयता विरोधीले सामाजिक सद्भाव बिगार्न खोजे - मुख्यमन्त्री यादव

जनकपुरधाम -संघीयता विरोधीहरु सामाजिक सद्भाव बिगार्ने खोजेको मधेसका मुख्यमन्त्री सरोजकुमार यादवले आरोप लगाएका छन् ।
इस्लाम धर्मका प्रवर्तक मोहम्मद पैगम्बरको जन्मदिवसको अवसरमा मुस्लिम धर्माबलम्बीहरुले बिहीबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री यादवले सामाजिक सद्भाव बिगार्नेहरु साम्प्रदायिक हिंसा भड्काउन सक्रिय भएकाले तिनीहरुबाट सचेत हुन आग्रह गरे ।
संसारको कुनै शक्ति संघीयताको विरोधमा लागेपनि संघीयतालाई खारेज हुन नसक्ने बताउँदै मुख्यमन्त्री यादवले प्रदेश सरकारसँग आफ्नो प्रशासन नहुँदा सामाजिक सद्भाव बिगार्नेहरु विरुद्ध कारबाहीसम्म गर्न नसकिरहेको गुनासो गरे । संघ सरकारसंग सब थोक भएपनि त्यस्ता तत्वहरुलाई कानुनी दायरामा नल्याई रहेकाले त्यस्ता तत्वहरुको मनोबल उच्च हुँदै गईरहेको उनले बताए ।
संघ सरकार समेत सामाजिक सद्भावमा आँच पुर्याउनेहरु विरुद्ध कुनै कारबाही नगरिरहेकाले संघ सरकार आफै संघीयता विरोधी रहेको मुख्यमन्त्री यादवले आरोप लगाए । उनले संघ सरकारकै कारण ८ वर्ष बित्न लाग्दा संघीयता कार्यान्वयन हुन नसकेको समेत दाबी गरे ।
कार्यक्रममा नेकपा एमालेकी नेतृ जुली महतोले पैगम्बर मोहम्मदले जीवन पर्यन्त सामाजिक सद्भाव तथा भाइचाराको सन्देश दिएकाले उनले देखाएको बाटो अनुसरण गर्न आग्रह गरिन् । पैगम्बर मोहम्मदले देखाएको बाटो अनुसरण नगर्दा पछिल्लो समय समाजमा सामाजिक सद्भाव खलबलाउनेहरु सक्रिय हुँदै गइरहेको उनले भनिन् ।

प्रदेश सरकारले ‘सिटी स्क्यान’ उपलब्ध गराउने

प्रहरीलाई गालीगलौज गर्ने जसपाका मधेश प्रदेश अध्यक्ष यादवविरुद्ध पक्राउ पुर्जी जा…

भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद

मटिहानी नगरभित्रका सडक कालोपत्र गरिँदै

करेन्ट लागेर सोनारको मृत्यु

स्रोत नखुलेको २८ लाखसहित तीन जना पक्राउ

सिरहामा शकांस्पद मृत्यु प्रकरण : श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

प्रतिक्रिया