एमालेको अधिवेशनले मधेशको विकास हुन्छ : सचिव भट्टराई

जनकपुरधाम - मधेशको स्वभिमान र समृद्विका लागि एमालेको पहिलो प्रादेशिक अधिवेशन सहयोगी भूमिका निर्वाह गर्ने एमालेका सचिव योगेश भट्टराईले बताएका छन् ।
आउंदो असोज २४ र २५ मा जनकपुरधाममा हुन लागेको मधेश प्रदेशको अधिवेशन बारे जानकारी दिने उद्देश्यले आयोजित पत्रकार सम्मेलनमा सचिव भट्टराईले यो अधिवेशनले एमालेका लागि मात्र नभइ मधेश प्रदेशकै विकास र समृद्धिमा योगदान पुर्याउन सक्ने नेतृत्व चयन गर्ने बताए ।
उनले बितेका छ वर्षको मुल्यांकन गर्दा एमालेको सरकार बिना मधेश प्रदेशको विकास र समृद्विको सम्भावना नरहेकाले यसै नाराका साथ २०८४ को चुनावमा पनि जाने बताए । प्रदेश सरकारले कर्मचारी र प्रहरी प्रशासन बिना काम गर्न नसकिरहेको बताइरहेका बेला एमालेले सरकारको नेतृत्व पाउन नसक्दा मधेशको विकास नभइ जस्ताको त्यस्तै रहेको दाबी उनले गरे ।
पत्रकार सम्मेलन मार्फत एमालेले पहिलो अधिवेशनको लोगो र नारा समेत सार्वजनिक गरेका छन् । एमालेको नारामा ‘समाजिक न्याय र सुशासन हाम्रो कार्यभार, मधेशको स्वभिमान र समृद्विका लागि एमालेको सरकार’ रहेको छ भन्ने हसिया भित्र एक आकारको हथौडा र मधेश प्रदेशको मुख्य धार्मिक सम्पदा तथा स्थल समावेश गरिएको छ ।
२४ गते महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्रमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले समुद्घाटन गर्ने अधिवेशनमा १ हजार प्रतिनिधीहरुको सहभागिता रहने भट्टराइले बताए । सो अवसरमा पार्टीका मधेश अध्यक्ष रामअवतार यादव, नेतृ जुली महतो, लिलानाथ श्रेष्ठ सहितको उपस्थिति थियो ।

प्रदेश सरकारले ‘सिटी स्क्यान’ उपलब्ध गराउने

प्रहरीलाई गालीगलौज गर्ने जसपाका मधेश प्रदेश अध्यक्ष यादवविरुद्ध पक्राउ पुर्जी जा…

भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद

मटिहानी नगरभित्रका सडक कालोपत्र गरिँदै

करेन्ट लागेर सोनारको मृत्यु

स्रोत नखुलेको २८ लाखसहित तीन जना पक्राउ

सिरहामा शकांस्पद मृत्यु प्रकरण : श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

प्रतिक्रिया