सोमबार २६ जेठ, २०८२
Monday, June 09, 2025

विमल घर्ती मगर पनि अस्ट्रेलिया पलायन

काठमाडौँ- नेपाली राष्ट्रिय फुटबल टिमका फरवार्ड विमल घर्ती मगर पनि अस्ट्रेलिया पलायन भएका छन् ।

१५ वर्षकै उमेरमा राष्ट्रिय टिमका लागि गोल गर्दै चर्चित बनेका विमल शुक्रबार बिहान अस्ट्रेलियाले प्रस्थान गरेका हुन् ।

फुटबलर विमल केही समयअघि नै विवाह बन्धनमा बाँधिएका थिए । पछिल्लो समय नेपाली फुटबल खेलाडीका लागि अस्ट्रेलिया पलायनको गन्तव्य बनेको छ ।