सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार हुँदै, एमाले प्रमुख सचेतकमा खड्का

धनगढी : सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिषद् विस्तारको तयारी गरिएको छ । नेकपा एमाले र माओवादी केन्द्रका सांसद्लाई समेटेर मुख्यमन्त्री त्रिलोचन भट्टले मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् । मन्त्री नियुक्त गर्ने र आजै प्रदेश प्रमुखबाट सपथ ग्रहण गराउने तयारी छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार तारालामा तामाङ, मानबहादुर सुनार लगायत प्रदेशसभा सदस्य मन्त्री बन्दै छन् । नेकपा एमाले स्थायी कमिटीको सोमबारको बैठकले सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।
केन्द्रको निर्णयविपरीत मन्त्री फिर्ता नगर्ने अडानकाबीच एमाले प्रदेश संसदीय दलको माधवकुमार नेपाल पक्षले उल्टै मन्त्री थप्ने योजना बनाएको छ । संसदीय दलको बुधबारको बैठकले यही सरकारलाई निरन्तरता दिने निर्णय गरेको थियो ।
यस्तै सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको प्रमुख सचेतकमा लालबहादुर खड्का नियुक्त भएका छन् । यसअघि प्रमुख सचेतक रहेका तारालामा तामाङ प्रदेश सरकारमा मन्त्री हुने निश्चित भएपछि थापालाई संसदीय दलका नेता प्रकाशबहादुर शाहले प्रमुख सचेतक नियुक्त गरेका हुन् ।
संसदीय दलका नेता शाहले सचेतकमा दुर्गाकुमारी कामीलाई चयन गरेका छन् । यसअघि अक्कल रावल सचेतक थिए । रावल पनि मन्त्री बन्ने लाईनमा रहेको स्रोतले बतायो ।

बागमती प्रदेशसभाको आगामी बैठकमा आर्थिक सर्वेक्षण पेस हुने

बाढीको जोखिम टार्न समयमै तटबन्ध निर्माण गर्न मन्त्री खड्काको प्रतिबद्धता

सदनको गतिरोध अन्त्य गर्न दलहरु समझदारी नजिकः सचेतक बर्तौला

रासायनिक मलको अनुदानका लागि बजेट अपुग छ : मन्त्री अधिकारी

चौध वर्षदेखि अल्झिएको मूआब्जाको गाँठो फुकाइँदै

राज्यको चौथो अङ्गमा महिलाको पहुँच र भूमिका अझै न्यून : पूर्वराष्ट्रपति भण्डारी

आज पनि प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक भोलि

प्रतिक्रिया