नक्कली प्रमाणपत्र पेस गरेका कैलालीका शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ– नक्कली प्रमाणपत्र पेस गरेर नियुक्ति लिएका कैलालीको दशरथ माध्यमिक विद्यालयमा राहत शिक्षक महेश शाहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा हालेको छ ।
शुक्रबार आयोगले शिक्षक शाहले इण्टरमिडियटको सर्टिफिकेट नक्कली प्रमाणपत्र पेस गरी अध्यापन गरेको भन्दै मुद्दा दायर गरेको हो ।
शाहले झुट्टा प्रमाणपत्र पेस गरी राष्ट्रसेवकको ओहदा पाउने र सो ओहदामा बहाल रहने मनसाय राखी आफूलाई फाइदा र नेपाल सरकारलाई हानिनोक्सानी पुर्याउने काम गरेको आयोगले दायर गरेको आरोप पत्रमा उल्लेख गरिएको छ ।
शाहले माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश, बोर्ड अफ हाईस्कुल ऐण्ड इण्टरमिडिएट एजुकेशन, यू.पी., राजकीय हुसेनावाद इण्टर कलेज भारतबाट प्राप्त गरेको प्रमाणपत्र पेस गरेका थिए ।
तर, आयोगले उक्त शैक्षिक योग्यताको प्रमाण–पत्र झुट्टा भएको दाबी गरेको छ । शिक्षक शाहलाई भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार सजाय गर्न आयोगले माग गरेको छ ।

कोशी अस्पतालमा कार्यरत चौधरीविरुद्ध नक्कली प्रमाणपत्रको अभियोगमा मुद्दा दायर

चालु आर्थिक वर्षमा भ्रष्टाचारका २७९ उजुरी दर्ता

नागार्जुन नगरपालिका मेयर बस्नेतविरूद्ध साढे ८ करोड बढीको भ्रष्टाचार मुद्दा

चार करोड ८८ लाख बढीको स्रोत नखुलेपछि इन्जिनियर श्रेष्ठविरुद्ध विशेष अदालतमा म…

ठूलीभेरी नगरपालिका प्रकरण : अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

मधेस प्रदेश, कृषि मन्त्रालयका तत्कालीन सचिव सिंहसहित आठ जनाविरुद्ध आरोपपत्र दा…

घुससहित पक्राउ परेका प्रनानि बुढाथोकीविरुद्ध मुद्दा दायर

प्रतिक्रिया