नारी टेलिभिजन एचडीद्वारा महिलाहरूका लागि वित्तीय साक्षरता तालिम

काठमाडौँ- नारी टेलिभिजन एचडीले महिलाहरूका लागि एक दिने वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम गरेको छ । नारीहरूका मुद्दाहरूलाई प्राथमिकतामा राख्दै आइरहेको नारी टेलिभिजनले बैंकिङ क्षेत्रमा समेत महिलाहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम गरिएको बताएको छ ।
निकिता पौडेल लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा विशिष्ट अतिथिका रूपमा २०१९ कि मिस नेपाल अनुष्का श्रेष्ठ, सञ्चारकर्मी सरिताश्री ज्ञवालीलगायतको उपस्थिति रहेको थियो ।
नारी टेलिभिजनको आयोजना, हिमालय सोसल जर्नि र नबिल बैंकको सहकार्यमा बिहीबार काठमाडौँको लैनचौरस्थित लैनचौर बैङ्क्युटमा महिलाहरूलाई वित्तीय साक्षरता सम्बन्धी तालिम दिइएको हो ।
कार्यक्रममा हिमालय सोसल जर्निका सस्थापक अध्यक्ष राम सापकोटाले हिमालय सोसल जर्निले दिँदै आएको सेवा सुविधाको बारेमा समेत जानकारी गराएका थिए ।
कार्यक्रममा नबिल बैंकका प्रमुख बजार व्यवस्थापक कृष्ण सुवेदी, सहायक सम्पर्क व्यवस्थापक, व्यवस्थापक सानो कर्जा संयोजक नविल विद्यालय व्यवस्थापक लगायतका व्यक्तिहरूले बैंकिङ कारोबार तथा वित्तीय साक्षरता सम्बन्धी प्रशिक्षण दिइएका थिए ।
तालिममा बैंकिङ कारोबार कसरी गर्ने, बैंकिङ कारोबार गर्दा ध्यान दिनुपर्ने कुरा र बैंकिङ कारोबार गर्दा नागरिकहरूले भोग्नुपरेको समस्या र समाधानका विषयमा सम्पूर्ण जानकारी गराइएको थियो ।
तालिममा काठमाडौँ उपत्यकाका विभिन्न ठाउँबाट १ सय १५ जना महिलाहरूको सहभागिता रहेको थियो ।
बैंकिङ कारोबारको विषयमा त्यति जानकारी नहुँदा विभिन्न ठगीका घटनाहरू भइरहेको समयमा नारी टेलिभिजनले आयोजना गरेको कार्यक्रमले धेरै कुरा सिक्ने अवसर दिइएको भन्दै कार्यक्रमका सहभागीहरूले खुसी व्यक्त गरेका थिए ।

एलजी नेपालले सुरु गर्यो 'इफेक्सनेट इन्टेलिजेन्स' नयाँ युगको सुरुवात

एलजी नेपालद्वारा ‘एफेक्सनेट इन्टेलिजेन्स’को प्रदर्शनी, भविष्यको सुरुवात अब नेपा…
_ILhKYfm3Q5_vdx5qewnnnkaufdezwfcyusym2ocfuxqoberjtgpbn4zh7tf6mfjzwcsphhl_PsFRpURY4i_2sizuxihqwj7effyvlh8r3krr3oytaycxzxkor3g9vrgaab7zyupcwbg2drq.jpg)
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ‘सिप मेला २०८२’ मा संस्थागत साझेदार

इनड्राइभको 'प्लेटिनम ड्राइभर्स गिभअवे' क्याम्पेन चालकहरुलाई सुनौलो अवसर

एससीटी-यूपीआई कार्ड ग्राहकहरूलाई मौलाकाली केवलकारमा १० प्रतिशत छुट

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम

काठमाडौँमा इनड्राइभको कार्यालय उद्घाटन

प्रतिक्रिया