कोशी प्रदेश सभाको चौथो अधिवेशन आह्वान

विराटनगर- कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गले प्रदेश सरकारको सिफारिसमा प्रदेश सभाको चौथो अधिवेशन असोज १७ गतेका लागि आह्वान गरेका छन् । प्रदेश मन्त्रिपरिषद्को बिहीबारको बैठकको सिफारिस अनुसार प्रदेश प्रमुख खापुङ्गले प्रदेश सभाको अधिवेशन आह्वान गरेका हुन् ।
प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्र कुमार श्रेष्ठले जारी गरेको विज्ञप्ति अनुसार संविधानको धारा १८३ को उपधारा (१) बमोजिम संवत् २०८० साल असोज १७ गते बुधबार दिउँसो १ बजे कोशी प्रदेश सभा हल विराटनगरमा कोशी प्रदेश सभाको चौथो अधिवेशन आह्वान गरेको उल्लेख छ ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जारी गरेको बजेट अध्यादेश उक्त अधिवेशनमा पेस गर्नुपर्ने छ । त्यसैगरी उनले प्रदेश सभाबाट विश्वासको मत पनि लिनुपर्ने संवैधानिक व्यवस्था छ । सर्वोच्च अदालतको परामादेशबाट संविधानको धारा १६८ को उपधारा (३) बमोजिम मुख्यमन्त्री नियुक्त भएका कार्कीले उपधारा (४) अनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ ।

सोलुखुम्बुको सल्लेरीमा ‘स्केट पार्क’

झापामा पर्याप्त वर्षा नहुँदा रोपाइँ प्रभावित

पूर्वी पृतनामा पृतनापति ट्रफी सुरु

भोजपुरको चिरखुवा खोलामा पक्की निर्माण

रावाबेँसीबाट करोड हाराहारीका लिची बिक्री

हात्तीको आक्रमणबाट मृत्यु
भोजपुर क्याम्पसलाई ६ लाखको स्मार्ट बोर्ड हस्तान्तरण

प्रतिक्रिया