बुधबार ११ असार, २०८२
Wednesday, June 25, 2025

पछिल्लो घटनाले मुलुकको राजनीति प्रदूषित भयो : प्रधानमन्त्री ओली

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो राजनीतिक गतिविधिले मुलुकको राजनीति प्रदूषित भएको बताएका । आज शुक्रबार देशवासीको नाममा सम्बोधन गर्दै ओलीले प्रतिनिधि सभा विघटन  गर्नुलाई सही नै दाबी गरेका छन् ।  

'राजनीति स्थायित्व कायम गर्ने काम छोडेर प्रतिनिधि सभालाई अकर्मण्य बनाउँदै लगेपछि विघटन गरिएको थियो । सर्वोच्चले पुन:स्थापना गर्‍यो । हामीले सम्मानित अदालतको निर्णय सम्मान गर्‍यौं,' उनले भने, 'मैले विश्वासको मत लिने प्रयास गरेँ । वैकल्पिक सरकारको लागि आग्रह गरेँ । मेरो प्रस्तावअनुसार सरकार गठनका लागि कामकाजी बनाउन आफूलाई विश्वासको मत दिन वा वैकल्पिक सरकार बनाउन आग्रह गरेँ । यसरी प्रतिनिधि सभा सरकारलाई विश्वासको मत दिने न त वैकल्पिक सरकार दिन सक्यो । मैले पुन: भरपर्दो मत पाउने आधार पनि देखिनँ । संविधानको धारा ७६(५) अनुसार सरकार बनाउन सिफारिस गरेँ ।'

उनले नेकपा एमालेका १२१ र जसपाको समर्थनमा आफूले प्रधानमन्त्रीको रुपमा प्रस्तुत गरेको पनि दोहोर्‍याए । 'मैले दाबी प्रस्तुत गरेँ । दाबी गर्दा मेरो पक्षमा १२१ र जसपाको समर्थन थियो । त्यसपछि जे जस्ता घटना देखिए यसले मुलुकको राजनीतिलाई प्रदूषित बनाउनेछ,' उनले भने, 'एमालेका सासंद्‍ले कांग्रेस नेतृत्वको सरकार बनाउन प्रस्ताव गरेँ। शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने अवस्था थिएन । राष्ट्रपतिबाट दुवै दाबी खारेज भयो । त्यसपछि धारा ७६ अनुसार नै विघटन भयो ।'