एमाले कर्णालीको नेतृत्वका लागि आज मतदान, अध्यक्षका उम्मेदवार पाँच जना

सुर्खेत। नेकपा एमाले कर्णाली प्रदेशको भावी नेतृत्व चयनका लागि मतदान हुँदैछ ।
निर्वाचन समितिका अनुसार मतदान आज अपरान्ह १२ बजेबाट सुरु हुनेछ । निर्वाचन समितिका अनुसार कर्णाली प्रदेशको अध्यक्षका लागि पाँच जनाको उम्मेदवारी दर्ता गराएका छन् ।
निर्वाचन अधिकृत मातृका खनालका अनुसार अध्यक्षका लागि गुलावजंग शाह, मीन बहादुर शाही, राजबहादुर शाही, प्रेमबहादुर सिंह र प्रकाश रोकायाले उम्मेदवारी दर्ता गराएका हुन् ।
आज बिहान ८ बजे उम्मेदवारकाे अन्तिम नामावली सार्वजनिक गरिनेछ ।
आज हुने निर्वाचनले एमाले कर्णाली अधिवेशनले पाँचजना पदाधिकारी सहित १३५ सदस्यीय कमिटी निर्वाचित गर्ने निर्वाचन निर्वाचन अधिकृत मातृका खनालले जानकारी दिए ।
कर्णालीका १० जिल्लाका ६०४ प्रतिनिधिहरूले मतदान गरेर नयाँ नेतृत्व चयन गर्नेछन् ।

कर्णालीमा देउडा खेल्दै लुतो फालेर मनाइयो साउने सङ्क्रान्ति

कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा

उच्च अदालत फैसलाले कोहलपुर–सुर्खेत प्रसारण लाइन विस्तारको बाटो खुल्यो

गाउँपालिकाको एम्बुलेन्स दुर्घटना, चालक घाइते

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु
मुद्दा मिलाइदिन्छु भन्दै रकम असुली गरेको कसुरमा दुई पक्राउ

प्रतिक्रिया