बुधबार ११ असार, २०८२
Wednesday, June 25, 2025

अस्थिरता सिर्जनाका लागि स्वार्थकेन्द्रित गठबन्धन बने : केपी शर्मा ओली

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेलाई गुटकेन्द्रित बनाउने प्रयास भएको आरोप लगाएका छन् । वरिष्ठ नेता माधवकुमार नेपाल समूहलाई इंगित गर्दै ओलीले पार्टीको स्थायित्व कायम गर्न नदिएको बताएका हुन् । देशवासीको नाममा सम्बोधन गर्नेक्रममा ओलीले 'फ्लोरक्रस' गरेर आफ्नै पार्टी अध्यक्षलाई हटाउन संसद्‍मा अनुपस्थित हुने काम भएको पनि बताए । 

'पार्टी स्थायित्वका लागि हाम्रो प्रयास सार्वजनिक नै छ । अस्थिरता सिर्जना स्वार्थकेन्द्रित गठबन्धन नभएको भए त्यतिबेला महाधिवेशन भएर नेतृत्व हस्तान्तरण भइसकेको हुन्थ्यो,' उनले भने, 'नेकपा एकीकरण असफल भएपछि नेकपा एमाले नै एकीकृत गर्ने प्रयासमा रह्यौं । फेरि पनि पार्टीलाई गुटकेन्द्रित बनाउने प्रयास भयो । 'फ्लोर-क्रस' गर्ने काम भयो । आफ्नो पार्टीका अध्यक्षलाई हटाउन संसद्‍मा अनुपस्थित हुने काम भए ।'