एमाले कर्णाली अधिवेशन : अध्यक्षका उम्मेदवार शाहीद्वारा उम्मेदवारी फिर्ता

सुर्खेत- नेकपा एमाले कर्णाली प्रदेशको अध्यक्षको लागि उम्मेदवारी दिएका पूर्व सभामुख राजबहादुर शाहीले उम्मेदवारी फिर्ता लिएका छन् । उम्मेदवारी फिर्ता लिन तोकिएको अन्तिम समयमा शाहीले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् । पार्टीका अध्यक्ष र महासचिवले नेतृत्व छान्ने विषय निर्देशनको हवाला दिएका कारण आफूले उम्मेदवारी फिर्ता लिएको शाहीले बताए ।
प्रदेशको प्रथम अधिवेशनमा प्रदेश कमिटीको अध्यक्ष हुने इच्छासहित आफूले मनोनयन दर्ता गरेको उनले बताए । शाहीले पार्टी केन्द्रको चाहना र आफ्नो छनोटको सार्वभौम अधिकार प्रयोग गरी नेतृत्व चयन गर्न पनि उनले नेता तथा कार्यकर्ताहरूलाई आग्रह गरेका छन् ।
शाही यसअघि कर्णाली प्रदेश सभाको सभामुख थिए । उनले संघीयतापछिको पहिलो प्रदेश सभाको पूर्ण कार्यकाल नेतृत्व गरेका हुन् । अध्यक्ष पदको लागि कर्णालीमा शाहीसहित पाँच जनाको उम्मेदवारी दर्ता भएको थियो ।

भेरी नदीमा टिपर खस्दा तीन जना बेपत्ता

कर्णालीमा ५० ठाउँमा तुइन रहेको प्रारम्भिक रिर्पोट

डेंगुले सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा

न्यून ज्यालामा काम गर्न बाध्य छन् हुम्लाका श्रमिक

कर्णालीमा देउडा खेल्दै लुतो फालेर मनाइयो साउने सङ्क्रान्ति

कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा

प्रतिक्रिया