उपभोग सामान्य घट्यो

काठमाडौँ : कुल गार्हस्थ उत्पादनमा उपभोगको हिस्सा समान्य घटेको छ । आर्थिक सर्वेक्षण २०७७–७८ अनुसार चालु आर्थिक वर्षमा उपभोगको हिस्सा ९३.४ प्रतिशत रहने अनुमान छ । गत आर्थिक वर्षमा कुल गार्हस्थ उत्पादनको ९३.७ प्रतिशत उपभोग रहेको थियो ।
गत आर्थिक वर्षमा कुल ३९ खर्ब १४ अर्बको कुल गार्हस्थ उत्पादनमध्ये ३६ खर्ब ६८ अर्ब रुपैयाँ उपभोग भएकोमा चालु आर्थिक वर्षमा ३९ अर्ब ८४ करोड रुपैयाँ उपभोग हुने अनुमान छ । यद्यपि सरकारले अनुमान गरेको ४.०१ आर्थिक वृद्धिदर हासिल हुन चुनौतीपूर्ण रहेको अर्थ मन्त्रालयले उल्लेख गरेको छ । उक्त आर्थिक वृद्धिदर हासिल हुँदा मात्र आर्थिक वर्ष २०७७–७८ मा कुल गार्हस्थ उत्पादन ४२ खर्ब ६६ अर्ब हुनेछ ।
यद्यपि अनुमानित आर्थिक वृद्धिदर कमजोर भएपनि अर्थतन्त्र संकुचन नहुने अर्थमन्त्रालयको अनुमानले चालु मूल्यमा उपभोगको हिस्सा अघिल्लो वर्षकै हाराहारीमा हुनुले उपभोग उल्लेख्य घटेको संकेत मिल्छ ।
यद्यपि कुल गार्हस्थ उत्पादनमा उपभोगको हिस्सा उल्लेख्य हुँदा बचत र लगानीको अन्तर अझै फराकिलो बनेको छ । गत वर्ष बचत र लगानीको अन्तर २२.१ प्रतिशत रहेकोमा चालु आर्थिक वर्षमा २४.२ प्रतिशत हुने अनुमान आर्थिक सर्वेक्षणले उल्लेख गरेको छ । गत आर्थिक वर्षमा ३०.४ प्रतिशतले लगानी संकुचन भएकोमा चालु आर्थिक वर्षमा १८.१ प्रतिशतले वृद्धि भइ १३ खर्ब १२ अर्ब ७१ करोड रुपैयाँ पुग्ने सरकारको अनुमान छ ।

बैंकमा थुप्रिएको लिक्विडिटीलाई बजारमा ल्याउने गरि मौद्रीक नीति ल्याउन सुझाव

म्याग्दीका ६ वटै स्थानीय तहको नीति तथा कार्यक्रम र बजेट पारित

आन्तरिक विवादले धनुषाका छ पालिकाले बजेट ल्याउन सकेनन

सर्लाहीको बागमती नगरपालिकाले ल्यायो एक अर्ब तीन करोड बढीको बजेट

पेट्रोलियम पदार्थ आयातबाट ७३ अर्ब राजस्व सङ्कलन

पाँच महानगरले बजेट प्रस्तुत गर्दा काठमाडौँको रोकियो

कतिमा हुँदैछ आज विदेशी मुद्राको कारोबार ?

प्रतिक्रिया