बुधबार ११ असार, २०८२
Wednesday, June 25, 2025

संविधान पूर्ण कार्यान्वयनमा आएको छ : प्रधानमन्त्री ओली

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधान पूर्णरूपमा कार्यान्वयन भएको दाबी गरेका छन् । शुक्रबार देशवासीको नाममा सम्बोधन गर्दै ओलीले प्रतिकूल अवस्थाबीच नेपालले उल्लेख्य विकास हासिल गरेको बताएका हुन् । 

'संविधान पूर्ण कार्यान्यवनमा आएको छ । प्रतिकूल अवस्थाबीच नेपालले उल्लेख्य विकास हासिल गरेको छ,' उनले भने, 'लामो समयदेखि रिक्त संवैधानिक पदले पूर्णता पाएका छन् । नेपाल अल्पविकसितबाट विकासशील राष्ट्रमा स्तरोन्नतिका लागि सिफारिस भएको छ । निर्यात व्यापारले एक खर्बको लक्ष्य नाघेको छ । यसै आर्थिक वर्षमा ५०० मेगावाट विद्युत थपिने भएको छ ।'