यु–१९ साफ च्याम्पियनसिपको उपाधि भारतलाई

काठमाडौँ - यु–१९ साफ च्याम्पियनसिपको उपाधि भारतले जितेको छ ।
शनिबार पाकिस्तान फाइनलमा भारतसँग पराजित भएको हो । दशरथ रंगशालामा भएको फाइनल खेलमा भारतले पाकिस्तानलाई ३–० गोल अन्तरले हराएको हो ।
खेलको ६३ मिनेटसम्म भारतलाई रोकेको पाकिस्तानले त्यसपछि तीन गोल व्यहोरेको थियो । खेलको ६४ औं मिनेटमा किपगेनले गोल गर्दै भारतलाई अग्रता दिलाए ।
डिबक्स बाहिरबाट उनले गरेको प्रहार गोलमा परिणत बनेको थियो । खेलको ८५ औं मिनेटमा किपगेनले फ्रिकिकमार्फत व्यक्तिगत दोस्रो गोल गरेपछि भारत जित नजिक पुगेको हो ।
इन्जुरी समयमा किपगेनको क्रसमा डिबक्सभित्र रहेका गोगमसर गोयारीले हेडमार्फत गोल गर्दै भारतलाई ३–० को जित दिलाए ।

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

प्रतिक्रिया