सेकेन्ड ह्यान्ड मोबाइल किनबेचका लागि अब 'नयाँ पुरानाे एप'

काठमाडाैँ – नयाँपुरानो इलेक्ट्रो टेक प्रा.लि ले सेकेन्ड ह्यान्ड मोबाइल किनबेच गर्नका लागि नयाँ पुरानो एप बजारमा ल्याएको छ।
यो एप डाउनलोड़ गरेर आफूले प्रयोग गर्दै गरेको समार्ट्फ़ोन को मूल्य थाहा पाउन सकिनेछ र यदि एपले दिएको मूल्य उचित लागेमा कम्पनीले पुरानो मोबाइल तुरुन्तै किन्ने छ।
संचालक अभिषेक अग्रवालले अब आफ्नो घरमा भएका पुराना मोबाइलहरू बेच्न कतै जानु नपर्ने बताएका छन् । उनले कम्पनी घरमै मोबाइल लिन आउने र पैसा पनि बैंक खाता मा राख्दिने व्यवस्था भएकाे समेत बताए ।
त्यसैगरी यदि पुरानो मोबाइल किन्नु छ तर भरपर्दो ठाउँ थाहा न हुँदा हुने अफ्ठ्यारो पनि यस कम्पनीको वेबसाइट https://nayapurano.shop/ ले सहज बनाएको छ।
संचालक अग्रवालले यहाँबाट सबै टेस्टहरू भएको र राम्ररी जाँच गरेको पुराना समार्ट्फ़ोन सजिलै किन्न सकिने जानकारी गराए।
अग्रवालले भने, ' पुरानो मोबाइल बेच्नु कुनै नया कुरा होइन, तर मोबाइल को मूल्य निर्धारण गर्नु र घरै बसी(बसी बेच्न पाउनु हाम्रो सेवा को मुख्य उद्देश्य हो। उबर (uber) ले थालेको ट्याक्सी सेवा ले पनि मानिस ले घरै बसी ट्याक्सी बुक गर्न पाउने सहजीकरण दिएको छ। त्यसै गरी यो कम्पनी पनि सहजीकरण मै आधारित छ।'
अग्रवालले अब मोबाइल बेच्न बजार को दसौ पसल घुम्दै सबै भन्दा राम्रो दाम दिने पसल खोज्दै जान नपर्नेसमेत जानकारी गराएका छन् । उनले आफ्नै खातामा पैसा पाउने समेत बताएका छन्।
अग्रवालले आजको युगमा सबैभन्दा धेरै अभाव समय भएकाे र आफुहरूले समयको महत्त्व बुझेका जिकिर गरे । उनले कम्पनीको उद्देश्य ई–वेष्ट कम गर्नु भएकाे बताए ।
साथै अग्रवालले आहिले खरिद–बिक्री हुँदै गरेका पुराना फोनहरूमा सरकारले गुमाएको राजस्वलाई पनि यस कम्पनी बाट खरिद–बिक्री गर्दा सरकारी निकायले पनि भ्याट को एउटा नया श्रोत पाएको बताए।

एलजी नेपालले सुरु गर्यो 'इफेक्सनेट इन्टेलिजेन्स' नयाँ युगको सुरुवात

एलजी नेपालद्वारा ‘एफेक्सनेट इन्टेलिजेन्स’को प्रदर्शनी, भविष्यको सुरुवात अब नेपा…
_ILhKYfm3Q5_vdx5qewnnnkaufdezwfcyusym2ocfuxqoberjtgpbn4zh7tf6mfjzwcsphhl_rUAFdz67Hf_ygvsqzco9xevinwh9ymtvgtgsqknnxbuk1tmb7ndjqkzpyagya0t7bxuwdi1.jpg)
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ‘सिप मेला २०८२’ मा संस्थागत साझेदार

इनड्राइभको 'प्लेटिनम ड्राइभर्स गिभअवे' क्याम्पेन चालकहरुलाई सुनौलो अवसर

एससीटी-यूपीआई कार्ड ग्राहकहरूलाई मौलाकाली केवलकारमा १० प्रतिशत छुट

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम

काठमाडौँमा इनड्राइभको कार्यालय उद्घाटन

प्रतिक्रिया