कार्यकर्ताले चाहेको हो भने कार्यकर्ताबाटै सभापति चुन्ने व्यवस्था राख्नुपर्छ : नेता पौडेल

काठमाडौँ- नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले कार्यकर्ताले केन्द्रीय सभापति आफैँ चुन्न खोजेको हो भने सोही अनुसारको व्यवस्था गर्नुपर्ने बताएका छन् ।
आइतबार काठमाडौँमा आयोजित १४ औं महाधिवेशनको म्याण्डेट र पार्टी रूपान्तरणको जल्दाबल्दा सवाल विषयक गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले कार्यकर्ताले पार्टीको नेतृत्वले प्रत्यक्षमा वा समानुपातिकमा जसलाई टिकट दिन्छ, त्यसलाई सधैंभर थोपर्छ, अन्याय गर्छ भन्ने लाग्ने हो भने पार्टीभित्र प्राइमरी इलेक्शनको व्यवस्था गर्नुपर्ने बताए ।
उनले पार्टीका आम कार्यकर्ताले चुनेको मतदान गरेर चुनावमा उठ्न योग्य छ भन्ने व्यक्तिमात्रै उम्मेदवार हुन पाउनुपर्ने बताए । उनले पार्टीलाई मासवेस पार्टीमा रूपान्तरण गर्नु अहिलेको आवश्यकता भएको जिकिर गरे । उनले एकै प्रकारको सदस्यता बनाएर जम्मा सदस्यहरूले केन्द्रीय सभापति चुन्ने व्यवस्था गर्न आवश्यक रहेको बताए ।
नेता पौडेलले कांग्रेसलाई मासवेस पार्टीका रूपमा रूपान्तरित गर्न जरुरी रहेको बताए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया