'प्रधानमन्त्रीको चीन भ्रमण नाटकबाजी'

काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले प्रधानमन्त्रीको चीन भ्रमणलाई नाटकबाजीको संज्ञा दिएका छन् ।
अइतबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै प्रमुख सचेतक शाहीले प्रधामन्त्रीको चीन भ्रमणको क्रममा हङकङ, मकाउ लगायतका देशमा नेपालीहरुले पाउने समस्याको समाधान नभएको बताए । उनले हङकङ र मकाउमा पासपोर्ट बनाउने सम्बन्धमा नेपालीहरुमा समस्या हुने गरेको भन्दै उनले सो समस्या समाधान हुन नसकेको बताए । सांसद शाहीले प्रधानमन्त्रीको चीन भ्रमणलाई नाटकबाजीको संज्ञा दिए ।
उनले भने, ‘अहिले पनि हङकङको समस्या समाधान भएको छैन । हङकङमा हजारौँ नेपालीहरु आजपनि अलपत्र परेका छन् । आजपनि हङकङ र मकाउमा नेपालीहरुले पासपोर्ट बनाउँदाखेरी नेपालीहरुमा ठुलो समस्या पैदा भएको छ । त्यसको कहीँ कतै समस्याको समाधान भएको छैन । त्यो भएर यसलाई उपलब्धि होइन कि नाटकबाजी भन्नुपर्छ ।’
उनले प्रधानमन्त्रीको विदेश भ्रमणबाट कुनै उपलब्धि हासिल हुन नसकेको बताए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया