देशमा विधिविहीनताले पराकाष्ठा नाघ्यो : नेता केसी

काठमाडौँ- नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले देशमा विधिविहीनताले पराकाष्ठा नाघेको बताएका छन् । आइतबार काठमाडौँमा आयोजित १४ औं महाधिवेशनको म्याण्डेट र पार्टी रूपान्तरणको जल्दाबल्दा सवाल विषयक गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन् ।
केसीले देशको सबैभन्दा ठूलो अग्रगामी कदमका रूपमा भ्रष्टाचार अघि बढिरहेको भन्दै दुःख व्यक्त गरे । उनले भ्रष्टाचारमुक्त समाजको निर्माण नभएसम्म सुशासन कायम नहुने बताए । उनले राज्यमा सुशासन भएन भने जनतामा अनुशासन नहुने भन्दै हरेक ठाउँमा अराजक मनोवृत्तिहरू विकास भइरहेको बताए । उनले हामी नेपाली हौँ भन्ने भावनालाई खुला रूपबाट चुनौती दिए पनि कारबाही हुन नसकेको बताए ।
नेता केसीले महंगी र मूल्यवृद्धिले नेपालका आम जनता हतोत्साही अवस्थामा रहेको बताए । उनले रूपान्तरण र वैचारिक पुनः जागरण अहिलेको सबैभन्दा ठूलो आवश्यकता भएको बताए । जबसम्म समानुपातिक निर्वाचन प्रणाली भएसम्म पार्टी नबन्ने बताए । उनले यति ठूलो संख्यामा केन्द्रीय संसद्, प्रदेश सभा आवश्यक नरहेको बताए । उनले पार्टीमा सभापतिले जे निर्णय गर्छ त्यही सर्वमान्य हुने हो भने क्रियाशील सदस्यले सभापति चुन्ने विधानसहित सभापतीय पद्धतिमा जानुपर्ने बताए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया