सुदूरपश्चिम प्रदेश : सामाजिक विकासमन्त्री र वनमन्त्रीलाई एमालेले फिर्ता बोलायो, नयाँ मन्त्री नियुक्त हुँदै

धनगढी : सुदूरपश्चिम प्रदेश एमाले संसदीय दलको कार्यालयले सामाजिक विकासमन्त्री र वनमन्त्रीलाई फिर्ता बोलाएको छ । एमालेले वनमन्त्री माया भट्ट र सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीलाई फिर्ता बोलाएको हो ।
प्रदेश सरकारले शुक्रबार नै नयाँ मन्त्री नियुक्त गर्ने तयारी गरेको हो । नेकपा एमाले र माओवादी केन्द्रका सांसद्लाई समेटेर मुख्यमन्त्री त्रिलोचन भट्टले मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् । मन्त्री नियुक्त गर्ने र आजै प्रदेश प्रमुखबाट सपथ ग्रहण गराउने तयारी छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार तारालामा तामाङ, मानबहादुर सुनार लगायत प्रदेशसभा सदस्य मन्त्री बन्दै छन् । नेकपा एमाले स्थायी कमिटीको सोमबारको बैठकले सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।

बाम्का बजार आगलागी : राहत वितरण गर्न बुढीगङ्गानगर प्रमुख बानियाँको संयोजकत्वम…

बजेट अभावले पुल निर्माणको काम प्रभावित

बाजुरा आगलागीः ३५ पसलमा आठ करोड बढीको क्षति

बाम्का बजार आगलागी घटना : पीडितलाई राहत उपलब्ध गराउन सरकारसँग माग

डेरी सञ्चालन गरी समुदायको धारणा बदल्न सफल ललित
सुदूरपश्चिममा कोभिड परीक्षण गर्ने किट अभाव

कैलालीमा पाँच सय ४९ नयाँ उद्योग थपिए

प्रतिक्रिया