शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

दूध ढुवानी गर्ने सवारी साधनलाई रोकतोक नगर्न अनुरोध

काठमाडौँ : दूध तथा दुग्धजन्य उत्पादन ओसारपसार गर्ने सवारी साधन बिना रोकतोक सञ्‍चालनका लागि सहजिकरण गर्न व्यवसायीले आग्रह गरेका छन् । बिहान ९ बजे अगाडि सुरक्षा निकायबाट ठाँउ–ठाँउमा अवरोध भएकोले नियमित दूध संकलन, प्रशोधन र विक्रि वितरणमा गम्भीर असर परेको उनीहरूले बताएका छन् । 

'हरेक दिन सञ्‍चालन गर्नै पर्ने वाध्यता भएको दूध जस्तो अति संवेदनसिल कुरा चाँडै बिग्रने हुन्छ,' नेपाल डेरी एशोसिएसनद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'जुन बालकदेखि वृद्धासम्म, जनमदेखि मृत्युसम्म सबै समय सबैका लागि अनिवार्य नभइ नहुने  अत्यावश्यक खाद्य पदार्थ ओसार पसार गर्ने ट्यांकर तथा बिक्री वितरण गर्ने डेलिभरी भ्यानलाई ढुवानीका क्रममा यस्तो महामारीका बेला ज्यानको बाजी लगाई काम गरिरहेका सवारी चालक र सेल्सम्यानलाई अनावश्यक रोकतोक गरि गाडी आवत जावतमा आज (२०७८ जेष्ठ १४ गते ) देखि जारी आदेशबाट व्यहोरा अवगत गराउँदछौं।'