‘जवान’ बन्यो भारतमा सर्वाधिक कमाउने फिल्म, कमाइ पुग्यो ६ सय करोड

मुम्बई- शाहरुख खानको मुख्य भूमिका रहेको ‘जवान’ले भारतमा कमाइका मामलामा नयाँ कीर्तिमान कायम गरेको छ । फिल्मले घरेलु बजारमा मात्र कमाइको आँकडा ६ सय करोड पुर्याउँदै भारतमा नयाँ रेकर्ड राखेको हो । ‘जवान’ले आइतबार कुल कमाइमा ८ करोड ८० लाख थप्दै ६ सय ४ करोड २५ लाख पुर्याएको नयाँ कीर्तिमान बनाएको भारतीय सञ्चारमाध्यममा उल्लेख छ ।
‘जवान’ले पहिलो हप्ता ३ सय ८९ करोड ८८ लाख कमाइ गरेको थियो । यसैगरी दोस्रो हप्ता फिल्मले घरेलु बक्स अफिसबाट मात्र १ सय ३६ करोड कमाइ गरेको तथ्यांक सार्वजनिक भएका थिए । तेस्रो हप्तामा भने फिल्मले ५५ करोड कमाइ गरेको थियो ।
फिल्मले विदेशी बजारबाट समेत गरेर भने १ हजार ६८ करोड कमाइ गरिसकेको छ । घरेल बजारमा ६ सय करोडको आँकडा पारसँगै शाहरुखले आफ्नै फिल्मको रेकर्ड ब्रेक गरेका छन् । घरेलु बजारमा यसअघि सार्वधिक कमाउने फिल्ममा ‘पठान’को रेकर्ड थियो । यसले भारतमा ५ सय ४३ करोड कमाइ गरेको थियो । योपछि अघिल्लो महिना रिलिज भएको ‘गदर २’ थियो । यसले ५ सय २४ करोड नेट कमाइ गरेको थियो ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया