अख्तियारमा सबैभन्दा बढी उजुरी संघीय मामिलासँग सम्बन्धित, स्थानीय तहका मात्रै ३५.९५ प्रतिशत

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सबैभन्दा बढी सङ्घीय मामिलासँग सम्बन्धित उजुरी परेका छन् । आयोगको वार्षिक प्रतिवेदनका विषयमा सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै अख्तियारले गत आर्थिक वर्षमा प्राप्त उजुरीमध्ये सबैभन्दा बढी सङ्घीय मामिला (स्थानीय तह समेत) सँग सम्बन्धित ३५ दशमलव ९५ प्रतिशत रहेको जनाएको हो ।
त्यस्तै शिक्षा (स्थानीय तहसमेत) १४ दशमलव ५५ प्रतिशत, भूमि प्रशासनसँग सम्बन्धित ६ दशमलव ०९ प्रतिशत, वन तथा वातावरणसँग सम्बन्धित चार दशमलव १४ प्रतिशत र स्वास्थ्य तथा जनसङ्ख्यासँग सम्बन्धित तीन दशमलव १२ प्रतिशत उजुरी प्राप्त भएको अख्तियारले जनाएको छ । आयोगका अनुसार गत आर्थिक वर्ष २०७९/८० मा एक सय ६२ मुद्दामा सात सय ६६ जनालाई प्रतिवादी बनाइ मुद्दा दायर गरिएको छ । प्रतिवादीमध्ये छ सय २२ जना पुरुष र एक सय ३८ महिला छन् । गत आर्थिक वर्षमा आयोगमा विभिन्न माध्यमबाट कुल २० हजार नौ सय पाँच उजुरी परेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।
कुल उजुरीमध्ये १८ हजार सात सय ९९ अर्थात् ६६ दशमलव ९८ प्रतिशत स्क्रिनिङ र प्रारम्भिक छानबिनबाट फर्छ्यौट भएको उनले बताए । सात हजार आठ सय ६९ उजुरी तामेली गरिएको र एक सय ५२ उजुरीउपर सुझावसहित तामेली गरिएको र नौ हजार छ सय ४५ उजुरीउपर आवश्यक कारबाहीका लागि लेखी पठाइएको प्रवक्ता दाहालले बताए । प्रवक्ता दाहालले आयोगमा प्राप्त भएका उजुरीको तथ्य प्रमाणका आधारमा जाेसुकैको संलग्नता देखिए पनि मुद्दा दायर हुने गरेको जिकिर गरे ।
त्यस्तै गत आर्थिक वर्षम विस्तृत अनुसन्धान भई आयोगमा निर्णयका लागि पेस भएका कूल आठ सय ७८ उजुरीउपर आयोगबाट नौ सय ३७ वटा निर्णय भएकोमा एक सय ६२ वटा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ । त्यस्तै ६ सय ५६ वटा उजुरी तामेलीमा राखिएको, ६३ वटा सम्बद्ध निकायलाई सुझाव दिइएको, २७ वटा मुल्तबीमा राखिएको र २९ वटा अन्य निर्णय भएको आयोगको वार्षिक प्रतिवेदनमा उल्लेख छ । यस्तै, आयोगबाट विगत वर्षमा विशेष अदालतमा दायर भएका आरोपपत्रमध्ये आव २०७९/८० मा तीन सय ४१ वटा मुद्दाहरूको फैसला भएको प्रवक्ता दाहालले बताए ।
जस्टिस समिट २०२५ सम्पन्न, जातीय विभेद अन्त्यका लागि प्रभावकारी कानुनी कार्यान्वय…

निरञ्जन अखाडाका स्वामी कैलाशानन्दद्वारा चन्द्रागिरि भालेश्वर महादेवको दर्शन
_KKtj27663v_1dmzyngsgysabhqjzrpkqi76svsveecldgriaqxssf93e0vdsyrkpunw3j1n_EuUEJ9xlTh_o06q8qahksrn6i6qjzlsvx7btzpmc3yucaboycihys7tn008wnnlmjwbuzvp.jpg)
पाकिस्तानी दूतावास अगाडि प्रदर्शन : पहलगाम आतंककारी आक्रमणमा संलग्नलाई संरक्षण…
_NbfPSYuiJB_frkbn6gi331gyyahchrurejbee0bphyv8jgffjr0cwxutxmo3brvtlxoqp54_ZWcnoRO3KK_foxotamyqhkjmw9euyolslqhyvtpybouctfvbjdhep2w0cklpl3ocmiokvua.jpg)
भारतीय दूतावास अगाडि प्रदर्शन, 'शान्तिको कुनै विकल्प हुँदैन, युद्धमा कसैले पन…

फेकनको सदस्यमा निराजन सिवाकोटीको उम्मेदवारी, भन्छन्- सेवा गर्ने अवसर दिनेमा ढ…

टिपर दुर्घटना हुँदा चालकको मृत्यु

राशिफलमा यस्तो छ तपाईंको भाग्य

प्रतिक्रिया