बागमती प्रदेशसभाको बैठक बुधबारका लागि सारियो

मकवानपुर - बागमती प्रदेशसभाको आज अपरान्ह २ बजे बस्ने भनिएको बैठक विशेष कारणवश बुधबार अपरान्ह ४ बजे बस्ने भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
सोमबार साँझ बसेको प्रदेशसभाको बैठकमा प्रदेश चिट्ठा विधेयकसम्बन्धी विषयमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले सन्देशसहित फिर्ता पठाएको पूर्णपाठ प्रदेशसभाका प्रत्येक सदस्यहरुलाई उपलब्ध गराउनुपर्ने माग गर्दै प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) संसदीय दलले पटक पटक संसद् अवरुद्ध गरी नाराबाजी लगातार गरिरहेकाले हिजै साँझ बैठक स्थगित गरी आज २ बजेका लागि सारिएको थियो ।
हिजै साँझ सरकार पक्ष र प्रतिपक्ष दलबीच सहमतिको प्रयास गरिए पनि सहमति जुट्न नसकेकाले आज वार्तालाप गरी सत्तापक्ष र प्रतिपक्षबीच सौहार्द्रपूर्ण वातावरणमा सहमतिको कायम भएअनुसार आजको सट्टा बुधबार अपराह्न ४ बजे बस्ने सहमति भएको प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले बताए ।
हिजै साँझ बसेको बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठका तर्फबाट आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामाले प्रदेश चिट्ठा विधेयकसम्बन्धी पुनः विचार गरियोस् भनी प्रदेशसभाको बैठकमा प्रस्ताव टेबुल गरेलगत्तै प्रतिपक्ष दल एमालेले संसद् अवरुद्ध गरिरहेको थियो ।
रासस

व्यावसायिक किसानलाई उद्यम गर्न अनुदान

गोसाइँकुण्डमा स्नानगर्ने क्रममा दुईजना तीर्थालु बेपत्ता

मकवानपुरमा ट्रकको ठक्करबाट एकको मृत्यु, एक घाइते

रङ्गशालाको काम नभएपछि १० करोडभन्दा बढी रकम फिर्ता

झौखेलका पाँच खानेपानी उद्योगलाई प्रतिबन्ध

सडक दुर्घटना कम गर्न सडक सङ्केत राख्दै काठमाडौँ महानगर

गण्डकी प्रदेशका पूर्वप्रमुख गुरुङको निधन

प्रतिक्रिया