सांसद सुवालको प्रधानमन्त्रीलाई प्रश्नः मुलुकको कार्यकारी भुमिका विदेशीबाट सञ्चालन भइरहेको हो ?
काठमाडौँ - नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले मुलुकको कार्यकारी भूमिका कुनै विदेशीबाट संचालन भइरहेको हो र ? भनि प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रश्न गरेका छन् ।
पछिल्लो पटक गरिएको पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे आफूलाई थाहा नभएको प्रधानमन्त्री दाहालको अभिव्यक्ति उल्लेख गर्दै उनले प्रधानमन्त्री दाहाल मुलुकको कार्यकारी भुमिका नभएको सरह देखिएको जिकिर समेत गरे । मंगलवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद सुवालले प्रधानमन्त्री दाहालको संयुक्त राष्ट्र संघको महासभामा गरेको सम्बोधनप्रति पनि असन्तुष्टि जनाए । उनले विश्वका आम जनतामा एकता ल्याउने खालको सम्बोधन सो सभासभामा प्रधानमन्त्रीले राख्न नसकेको बताए ।
सांसद सुवालले भने, ‘प्रधानमन्त्रीजीले इन्धनको मूल्य वृद्धिबारे थाहा नभएको बताउनु भयो । आफूलाई यसरी थाहा नहुनुको अर्थ प्रधानमन्त्री कार्यकारी भूमिकामा नभएको सरह हो । स्विकार गर्नु हो । के कुनै विदेशीबाट कार्यकारी भूमिका सञ्चालन भईरहेको हो र ? प्रधानमन्त्रीजीले संयुक्त राष्ट्र संघको महासभाबारे संक्षिप्त जानकारी गराउनु भयो । तर, प्रधानमन्त्रीजीको सम्बोधनमा एक देशको समाजको नीति अर्कोमा लागू नहुने प्राथमिकतामा परम्परा, इतिहास, संस्कृति फरक हुने, बरु एक अर्कोबाट सिक्ने, अनुभव बाँडने र बुझ्ने, विश्वका जनतामा विभाजन होइन, एकतामा ल्याउनेबारे उल्लेख भएन । ’
सांसद सुवालले राष्ट्र संघको महासभामा गरिव राष्ट्रको पक्षमा पनि प्रधानमन्त्री दाहालको सम्बोधन नआएको दाबी गरे ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया