माओवादीका अमरगढी नगरकमिटी अध्यक्षले गरे पार्टी परित्याग

डडेल्धुरा - नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र अमरगढी नगरपालिका नगर कमिटी अध्यक्षले पार्टी परित्यागको घोषणा गरेका छन्।
माओवादी केन्द्र अमरगढी नगर समितीमा काम गर्दै आएका यादवप्रसाद ओझाले विज्ञप्ति जारी गर्दै पार्टी परित्याग गरेको जनाएका छन्।
उनले माओवादी केन्द्रको सक्रिय सदस्य, अमरगढी नगर कमिटी अध्यक्षको रूपमा काम गरिरहेको जनाउँदै आजकै मितिबाट लागू हुने गरी पार्टी परित्याग गरेको विज्ञप्तिमार्फत् जनाएका छन्।
'मैले पार्टीको सदस्यको रुपमा पार्टी हितमा आफ्नो भूमिकालाई सक्रियतापूर्वक अगाडि बढाई संगठनलाई जनतासँग एकाकार गराएर लैजाने आफ्नो क्षमताले भ्याएसम्म इमानदार प्रयास गरेँ। तर, अब उपरान्त पार्टीमा नरहेको कुरा जानकारी गराउँछु,' विज्ञप्तिमा उनले भनेका छन्।
विविध व्यक्तिगत कारणबस् नगर कमिटी अध्यक्ष पदबाट र पार्टी साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेको उनको भनाइ छ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया