एमाले गण्डकी : निर्वाचन प्रक्रिया बुधबारका लागि धकेलियो

पोखरा- नेकपा एमाले गण्डकी प्रदेश कमिटी अधिवेशनको निर्वाचन प्रक्रिया मंगलबार हुने भनिएको निर्वाचन प्रक्रिया बुधबारका धकेलिएको छ । निर्वाचन मण्डलका अनुसार बिहानसम्मका लागि स्थगित भएको हो ।
बुधबार बिहान ७ बजेबाट अधिवेशनको निर्वाचन प्रक्रिया सुरु एक प्रतिनिधिले बताए । उनका अनुसार सहमतिको बाटो खोजिँदा थप प्रक्रिया लम्बिएको हो । यसअघि उम्मेदवारी दर्ताको समय मंगलबार दिउँसो ३ बजे तोकिएको थियो । तर, क्लस्टरमा कुरा नमिल्दा उक्त समय साँझ ५ बजेका लागि सारिएको थियो । प्रदेश कमिटीमा जनजाति, महिला, जिल्ला, युवा र दलित लगायतका लागि क्लस्टर मिलाउनुपर्ने भएको हुँदा मनोनयनको समय सारिएको थियो ।
सहमतिको प्रयास गरिए पनि प्रभावशाली नेताहरू निर्वाचन जान तयार छन् तर, आफ्नो मान्छे नछुटुन् भन्ने पक्षमा छन् । यहाँ खासगरी एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य खगराज अधिकारी पक्ष आफ्नो फेबरको मान्छे नेतृत्वमा राख्न चाहन्छन् ।

एडिबीको सहयोगमा बन्ने घट्टेखोला–धम्पुस–खानी गाउँ सडक शिलान्यास

झाडी फाँडेर घाँस खेती, घरघरमा बाख्रापालन
%2520(1)_bd3iw7MdjV_f0dy8dht7wtmvreqmctf901vxatbdq2wqnsx86zmqutqd6t9hznpldjsjejw_Wb3T36hNrt_b2wgux1oeyfm03mio1898njrj1hrwxxyhjdgpumsgwmy1mxhshoaj5yxwyl6.jpg)
धौलागिरि आधार शिविर जाने पदमार्ग निर्माण

मर्स्याङ्दी नदीमा बालिकाको शव फेला

गुल्मीको सत्यवतीमा पहिलो बेत ब्याउने गाईलाई १० हजार अनुदान

कार्यक्षेत्र ११ जिल्ला, कर्मचारी पाँच !

प्रतिक्रिया