कोरोना संक्रमणबाट जनस्वास्थ्य अधिकृतको मृत्यु

विराटनगर ः कोरोनाका कारण शनिबार राती एक जना जनस्वास्थ्य अधिकृतको मृत्यु भएको छ । कोरोना भाइरसको संक्रमणपछि विराटनगरको नोबेल मेडिकल कलेजमा उपचाररत स्वास्थ्यकर्र्मी गौरीशंकर देवको निधन भएको हो ।
सिरहाको कल्याणपुर नगरपालिका स्वास्थ्य शाखा प्रमुखका रुपमा कार्यरत जनस्वास्थ्य अधिकृत देवको शनिबार राति निधन भएको अस्पतालले जनाएको छ । उनलाई १७ दिन अगाडि कोरोना संक्रमण पुष्टि भएको थियो । ५४ वर्षीया देवविगत ३० वर्षदेखि स्वाथ्य सेवामा कार्यरत थिए । उनी नेपाल स्वास्थ्यकर्मी युनियनका सचिव हुन् ।
यसै गरी धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत कोरोना भाइरस संक्रमित झापाको मेचीनगर–४ बाहुनडाँगीका ४५ वर्षीय पुरुषको मृत्यु भएको छ । उनको शनिबार राति मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । मृतककमा मंसिर १ गते कोरोना भाइरस संक्रमण पुष्टि भएपछि उपचारका लागि मंसिर ३ गते प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा भर्ना गरिएको थियो ।
कोरोना संक्रमणका कारण हाल सम्म प्रदेश १ मा ३ सयको मृत्यु भइसकेको छ । अहिलेसम्म २४ हजार ३ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २० हजार ६० जनालाई निको भइसकेको छ । हाल आइसोलेसनमा रहने संक्रमितको संख्या ३ हजार ९ सय ९० जना रहेको प्रदेश १ को सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

कोशी प्रदेश ‘पान उत्कृष्ट नगरपालिका पुरस्कार–२०८२’ हलेसी तुवाचुङलाई

पोखरीमा डुबेर दुई बालकको मृत्यु

पाँच करोड राजस्व सङ्कलन

बेपत्ता सुरक्षाकर्मीको खोजीमा एसएसपीको टोली परिचालन, एक जनाको शव भेटियो

आजदेखि भद्रपुरमा ‘दोस्रो नगर युवा सम्मेलन’
_XUY13WTNDr_3ilo34xesd6taanmvwjcfbd0yddlbpzgawsevtu39pqtqozldlstzupd9dza_SpZiW2mLUv_iawe9p4oklzw8benam2ph96rlcn9cie57elmbkoqoa1a1bfnuslfbo3i4afn.jpeg)
किसानलाई माटो परीक्षण गर्न सिकाउँदै ‘पौवादुङमा’
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_A3DxqOYBXA_qydzohbuqx6qc3soelnfq5co1vrusc2sapiwh0wix5cuvjp9wu5xfatfdgue_GgX6jDiNfm_jnf7nz3trha8lbvlhbrp8k9utgy4j3dmewnknv3u8roq6xdzsi5r5v4wxgp0_KsZHMOC7wG_wgbd4wi6hpvlskruhdwpg9oqqub5j9kugcbx86tnpkkkkqxuauwmk4ja0tky.jpg)
सङ्खुवासभामा बाढीले पाँच वटा काठेपुल बगायो

प्रतिक्रिया