अल्टिमा लाइफस्टाइलकाे ‘अल्टिमा वाच सर्कल’ र ‘अल्टिमा वाच म्याजिक प्रो’ स्मार्टवाच बजारमा

काठमाडौँ – नेपाली ब्रान्ड – अल्टिमा लाइफस्टाइलले नयाँ दुई वटा स्मार्टवाच बजारमा सार्वजनिक गरेकोे छ ।
सार्वजनिक भएकोे स्मार्टवाचका मोडलहरू – ‘अल्टिमा वाच सर्कल’ र ‘अल्टिमा वाच म्याजिक प्रो’ रहेका छन् । अल्टिमा वाच सर्कल त्रु अमोलेद स्मार्टवाच हो भने अल्टिमा वाच म्याजिक प्रो एक किफायती आधुनिक विशेषतायुक्त स्मार्टवाच भएको कम्पनीको भनाइ छ ।
‘अल्टिमा वाच सर्कल’ बुधबार आधिकारिक रूपमा बजारमा सार्वजनिक भएको छ । उपोभोक्ताहरूले सीमित अवधिको लागि अल्टिमा वाच सर्कल विशेष मूल्य तिन हजार ९९९ मा खरिद गर्न सक्नेछन् । तत्पश्चात् अल्टिमा वाच सर्कलको बजार मूल्य पाँच हजार ९९९ रुपैयाँ रहनेछ ।
‘अल्टिमा वाच म्याजिक प्रो’ पनि बुधबार नै आधिकारिक रूपमा बजारमा सार्वजनिक भएको छ । उपोभोक्ताहरूले सीमित अवधिको लागि अल्टिमा वाच म्याजिक प्रो विशेष मूल्य दुई हजार ९९९ रुपैयाँमा खरिद गर्न सक्नेछन् । त्यसपछि बजार मूल्य पाँच हजार ९९९ रुपैयाँ रहनेछ ।

पर्यटन क्षेत्रमा आन्तरिक तथा वाह्य लगानी भित्र्याउन हरेक स्थानीय तहले पहल गर्नुपर्…

नबिल बैंकको पाँचौ प्रायोरिटी बैंकिङ लाउञ्ज बौद्ध शाखामा

एकवर्षको सफल परीक्षणपछि अब नेपालमा सार्वजनिक हुँदै TUNLAND G7

प्रतिकूल मौसमका कारण सगरमाथा आरोहण प्रभावित

निजी क्षेत्रमा कर्जा प्रवाह ७.१ प्रतिशतले बढ्यो

सुन चाँदी दुबैको घटयो मुल्य

शोधनान्तर स्थिति तीन खर्ब ४६ अर्ब २३ करोडले बचतमा

प्रतिक्रिया