कांग्रेस बिनाको सरकारको कल्पनासमेत गर्न सकिदैंन : माधव नेपाल

काठमाडौँ - नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले वर्तमान गठबन्धनले कांग्रेस बिना कुनै पनि काम गर्न नसक्ने बताएका छन् ।
मेची महाकाली समाजवादी जागरण अभियानको क्रममा धनुषाको जनकपुरधाम पुगेका अध्यक्ष नेपालले समाजवादी प्रेस संगठन मधेश प्रदेशले आयोजना गरेको पत्रकार सम्मेलनमा कांग्रेस बिनाको सरकारको कल्पना समेत अहिले गर्न नसक्ने बताएका हुन् । उनले प्रचण्ड नेतृत्वको सरकारमा केही कमी कमजोरी भएपनि सुधार गर्न आफूहरू अभिप्रेरित गर्दै सरकारलाई बचाइ राख्ने जिकिर गरे ।
देशमा एक परिवारको शासन र बर्चश्वका लागि धार्मिक अतिवादका क्रियाकलाप सुरु भएको भन्दै उनले आफूहरु देशमा भएको परिवर्तनको रक्षाका लागि सधै तत्पर रहने धारणा राखे ।
उनले संविधानमा उल्लेखित समाजवादका मुख्य आधार शिक्षा, स्वास्थ्य, रोजगारका लागि आफूहरु केन्द्रित रहेको र समृद्वि र सुशासनका लागि यो अभियान चलाइरहेको जानकारी दिए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया