देवघाटमा बेपता दुई युवकको शव नभेटेपछि कुशको शव बनाएर दाहसंस्कार

कैलाली - धनगढी उपमहानगरपालिकाबाट मुक्तिनाथ यात्रामा गएका दुई युवक देवघाटमा पौडी खेल्ने क्रममा बेपत्ता भएको आज एक हप्ता पुगेको छ ।
धनगढी उपमहानगरपालिकाले मुक्तिनाथ यात्रामा पठाएका वृद्धवृद्धासँगै स्वयंसेवकका रूपमा गएका लक्ष्मीनारायण मन्दिर धनगढीमा रहेका भारतको असाम घर भएका १८ वर्षीय भोजराज अधिकारी र धनगढीको मिलन चोक घर भएका १५ वर्षीय पंकज दाहाल नदीमा डुबेर बेपत्ता भएका थिए ।
मुक्तिनाथको यात्रापछि देवघाट पुगेका उनीहरु गत बिहीबार बिहान ७ः३० बजे कालीगण्डकी र त्रिशुलीको दोभानमा पौडी खेल्न जाँदा डुबेर बेपत्ता भएको लक्ष्मीनारायण मन्दिरका सचिव हरि न्यौपानेले बताए।
बेपत्ताको नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले खोजीकार्य गरिरहेको भएपनि पत्ता नलागेपछि खोजी कार्य बन्द गरि आफुहरु फर्किएको सचीव न्यौपानेले बताए ।
कुशको शव बनाई दाहालको दाहासंस्कार गरिएको छ भने अधिकारीको समेत भारतमै आज कुशकै सव बनाई दाहासंस्कार गरिने सचीव न्यौपानेले बताए ।
असोज ७ गते धनगढी उपमहानगरपालिकाले १९० जना वृद्धवृद्धालाई मुक्तिनाथ यात्राका लागि पठाएको थियो। दोश्रो पटक पठाइएको यात्राको खर्चको सम्पुर्ण जिम्मेवारी धनगढी उपमहानगरपालिकाको रहेको थियो । यात्रामा जानेहरुलाई धनगढी उपमहानगरपालिका मेयर गोपाल हमालले बिदाई गरेका थिए ।
६ महिनापछि घर फर्किए टिंकरवासी : पञ्चायतकालमा नेपाली बाटो, अहिले भारतको भर

थोरै जग्गामा धेरै तरकारी उत्पादन गर्ने पिपलाडीका मुस्कान

महायज्ञबाट चार करोड ७४ लाख संकलन
दार्चुला–टिङ्कर सडक निर्माण : सेनाले दुईतिरबाट काम थाल्यो
निर्माणमा गति लिँदै महाकाली सिँचाइ आयोजना

सुक्खा बन्दरगाह बनेपछि रोजगारी पाउने आशा

बगरमा तरबुजा खेती वनहराका मुक्तकमैयाको आयआर्जनको प्रमुख आधार

प्रतिक्रिया