सरकारलाई डा शेखरले दिए दुई विकल्प - सच्चिने वा कुर्सी छाड्ने ?

कपिलवस्तु - नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले वर्तमान सरकार तत्काल सच्चिनुपर्ने नत्र छाड्नुपर्ने बताएका छन् । यो सरकार जति दिन रह्यो त्यति मुलुक बर्बादीतर्फ जाने भन्दै नेता कोइरालाले अब दुई वटा विकल्प मात्रै रहेको बताए ।
'अब अति भयो, जति दिन यो सरकार राख्यो त्यति देशको राष्ट्रियता, सार्वभौमिकता, राजनीतिक र अवस्था कमजोर हुँदै जान्छ । नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन अपरिहार्य भैसक्यो', कोइरालाले भने ।
कोइरालाले सरकारको हेपाहा र बलमिच्याईं चर्को महंगीका कारण जनताको चुलो नबल्ने अवस्थामा पुगेको बताए। जनतालाई सहुलियत दिनुपर्नेमा चाडपर्वको मुखमा दैनिक उपभोग्य वस्तुहरूको भाउ बढ्नु राम्रो संकेत नभएको समेत बताए ।
कपिलवस्तुको तौलिहवामा आयोजित नेपाली कांग्रेस कपिलवस्तुको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै कोइरालाले सभापति शेरबहादुर देउवाले विधान सम्मत पार्टी सञ्चालन नगरेकाले कांग्रेस पार्टी अप्ठ्यारो अवस्थामा परेको बताए ।
सभापति देउवासँग व्यक्तिगत रुपमा आफ्नो कुनै रिस नभएको तर पार्टी विधि र विधान अनुसार चल्नुपर्छ भन्ने कुरामा आफूले कसैसँग सम्झौता नगर्ने धारणा राखे ।
'पार्टी भित्र दुर दराजका इमान्दार, निष्ठावान र सक्रिय साथीहरूको मूल्यांकन हुन सकेको छैन, त्यसैले कांग्रेसको जग नै कमजोर हुन थालेको छ कोइरालाले भने ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया